मंगलवार, श्रावण १९,२०८३ 04:38:10
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:38:10
Bizshala
Global IME Bank Limited

सर्वसाधारणको आईपीओ मोह: सवोत्तम सिमेन्टमा दोस्रो दिनसम्म ८ गुणा बढी आवेदन

सर्वसाधारणको आईपीओ मोह: सवोत्तम सिमेन्टमा दोस्रो दिनसम्म ८ गुणा बढी आवेदन
New Office

काठमाण्डौं । पछिल्लो समय आईपीओमा आम सर्वसाधारणको आकर्षण बढ्दो छ । कम्पनीले निष्कासन गर्ने आईपीओमा मागभन्दा धेरै गुणा आवेदन पर्न थालेका छन् । कम्पनीहरुले निष्कासन गर्ने प्रिमियम मूल्य होस् वा बुक बिल्डीङ विधिबाटै निष्कासन गर्ने महंगो मूल्यमा नै किन नहोस,लगानीकर्ताले आईपीओमा लगानी गर्न आकर्षणमा कमी आएको छैन ।  

यस्तैमा सर्वोत्तम सिमेन्टको आईपीओमा निष्कासन भएको दुई दिनमै मागभन्दा ८ गुणा बढी आवेदन परेको छ । फागुन १३ गतेदेखि निष्कासन भएको कम्पनीको आईपीओमा आजसम्म ४ लाख ७ हजार ७ सय ११ आवेदकबाट २ करोड २२ लाख  ६४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । प्रतिकित्ता ३६०.९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले न्यूनतम ५० कित्ताका लागि खरिद आवेदन दिनुपर्ने जनाएको थियो ।

 तर लगानीकर्ताले ५० कित्ताभन्दा बढी सेयरका लागि समेत आवेदन दिएको पाइएको छ । ४ लाख ७ हजार ७ सय ११ आवेदकले न्यूनतम ५० कित्ताका लागि आवेदन दिँदा २ करोड ३ लाख कित्ता माग हुन आउँछ । तर आज दोस्रो दिनसम्म उललेखित आवेदकबाट २ करोड २२ लाख  ६४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । जसको अर्थ केहि आवेदकले न्यूनतम कित्ता ५० भन्दा बढी सेयरका लागि खरिद माग गरेका छन् ।  

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ । यो आईपीओमा लगानीकर्ताले फागुन १६ गतेभित्र आवेदन दिन सक्नेछन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.