सोमबार, जेष्ठ ४,२०८३ 02:53:50
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:53:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न, प्रथम हुनेले पाए रु.६० हजार

Laxmi Sunrise Bank Limited
सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न, प्रथम हुनेले पाए रु.६० हजार
Shivam Cement

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न भएको छ । काठमाण्डौमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाण्डौ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो तथा सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो भएका छन् । पहिलो हुने सुवेदी र श्रेष्ठले जनही ६० हजार तथा दोस्रो हुने चौधरी र बीसीले जनही ४० हजार रूपैयाँ पुरस्कार पाएका छन् ।

Bizshala
New Office
CG Motors

कार्यक्रममा विजेतासहित कन्ट्रि राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए ।

कन्ट्रि राउन्डमा इटहरी, काठमाण्डौ, नेपालगञ्ज र पोखरा क्लस्टर तथा वीरगञ्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका दुई–दुई जना गरी २० जना प्रतिस्पर्धि रहेका थिए । ‘कन्ट्रि राउन्ड’ अघि सञ्चालन गरिएका ‘ब्रान्च राउन्ड’ र ‘क्लस्टर राउन्ड’मा उत्कृष्ट भएकाहरू कन्ट्रि राउन्डका लागि छनोट भएका छन्। ब्रान्च राउन्डमा ४७६ जना र क्लस्टर राउन्डमा १९६ जनाले प्रतिस्पर्धा गरेका थिए । सांग्रिला डेभलपमेन्ट बैंकले विसं २०८० बाट ‘सांग्रिला क्विज’ सञ्चालन गर्दै आएको छ ।  

उक्त कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा लामो समय सेवा गरेका कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

ग्राहकहरुको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक आगामी दिनमा आफ्नो सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.