मंगलवार, असार १७,२०८२ 11:45:31
  • मंगलवार, असार १७,२०८२ 11:45:31
Global IME Bank Limited

मारुतीले यो वर्ष मात्रै ३ पटक बढायो कारको मूल्य, अप्रिलदेखि थप ४% महङ्गो हुने

Hyundai Nepal
मारुतीले यो वर्ष मात्रै ३ पटक बढायो कारको मूल्य, अप्रिलदेखि थप ४% महङ्गो हुने
Nabil Bank Limited

काठमाण्डौ । मारुती सुजुकीले आगामी अप्रिलदेखि आफ्ना कारहरुको मूल्य ४ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । यो बढोत्तरी कम्पनीको लाइनअपका सबै मोडलहरुमा अलग–अलग हुनेछ । बढ्दो कच्चा पर्दाथको मूल्य र सञ्चालन खर्चका कारण मारुतीले मूल्य बढाउने निर्णय गरेको जनाइएको छ ।  

यसअघि गत फेब्रुअरी १ मा मारुतीले आफ्ना कारहरुको मूल्य ३२ हजार ५ सय भारुसम्म बढाएको थियो । यस्तै जनवरीमा पनि कम्पनीले आफ्ना लाइनअपका सबै मोडलको मूल्य ४ प्रतिशतसम्मले वृद्धि गरेको थियो । त्यसबेला पनि कम्पनीले कच्चा पर्दाथको बढ्दो मूल्यका कारण यस्तो निर्णय गर्नु परेको जनाएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

मारुतीले फेब्रुअरीमा कुल १ लाख ६० हजार ७९१ युनिट कार बिक्री गरेको छ । यो संख्या जनवरीमा बिक्री गरिएको १ लाख ६० हजार २७२ को तुलनामा ०.३२ प्रतिशतले मात्रै बढी हो ।  

कम्पनीले कारको मूल्य बढाउने घोषणा गरेसँगै कम्पनीको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य २ प्रतिशतले बढेर प्रतिकित्ता ११ हजार ७५२ भारु पुगेको छ । विगत एक वर्षदेखि कम्पनीको सेयरमूल्यमा सुधार आउन सकिरहेको छैन । विगत ६ महिनामा कम्पनीको सेयरमूल्य ६ प्रतिशतले घटेको छ । यस्तै एक महिनामा कम्पनीको सेयरमूल्य १० प्रतिशतले खस्किसकेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.