आईतवार, फाल्गुन ११,२०८१ 07:08:23
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 07:08:23
IME remit
Global IME Bank Limited

सीआइबीदेखि गृहका अधिकारीलाई दिनभर बैंकिङ बुझाए सीइओहरुले

राष्ट्रबैंकसँगको समन्वयमै बैंकरलाई पक्राउ गरेका हौं: सीआइबी

Hyundai Nepal
सीआइबीदेखि गृहका अधिकारीलाई दिनभर बैंकिङ बुझाए सीइओहरुले
Nabil Bank Limited

काठमाण्डौ । नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)देखि गृहमन्त्रालयका जिम्मेवारी अधिकारीहरुसम्मलाई बैंकिङ बुझाउँदा बुझाउँदै केही वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)को बुधबारको दिन बितेको छ ।  

मंगलबार राजधानीको विभिन्न स्थानबाट धितोको मूल्याङ्कनभन्दा करिब दोब्बर बढी कर्जा देउराली सहकारीका सञ्चालकहरुलाई प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतद्वय तुल्सीराम गौतम र मनोज न्यौपानेसहित १० बैंकरलाई सीआइबीले बैंकिङ कसूरमा पक्राउ गरेको थियो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

सहकारी ठगीको विषयमा अनुसन्धान गर्दै जाँदा बैंकरहरुको समेत कनेक्सन देखिएको भन्दै गौतम र न्यौपानेसहितलाई पक्राउ गरिएको भए पनि बैंकिङ कसूर ऐनअन्तर्गतको यो कार्यबाहीका क्रममा सीआइबीले नेपाल राष्ट्रबैंकसँग कुनै समन्वय नगरेको गुनासो बाहिरिएको छ ।  

नेपालको विद्यमान कानूनले बैंकिङ कसूर अन्तर्गतको मुद्दा हेर्ने तथा अनुसन्धान गर्ने पहिलो जिम्मेवारी राष्ट्रबैंकलाई तोकेको छ । राष्ट्रबैंकले सो कसूरअन्तर्गत आवश्यक अनुसन्धान गरी थप सहयोग चाहिएमा प्रहरीको साथका लागि अनुरोध गर्ने हो । तर, यो प्रकरणमा सीआइबीले राष्ट्रबैंकसँग समन्वय नै नगरी बैंकरहरुलाई धरपकड गरेको सीइओहरुको आरोप छ ।  

बैंकरहरुलाई कम मूल्यको धितोका आधारमा बढी लोन दिएकै आरोपमा पक्राउ गरिएपछि बैंक तथा वित्तीय संस्थाहरुमा आतङ्क छाएको छ । बैंकका कर्मचारीहरु सीआइबीको हस्तक्षेप र धरपकडविरुद्ध पेनडाउन गर्नेसम्मको मूडमा देखिएका छन् ।  

तर, बैंकका कर्मचारीहरुले आक्रामक आन्दोलन सुरु गर्नुअघि प्रमुख कार्यकारी अधिकृतहरुको संगठनले बुधबारदेखि सो प्रकरणमा इनिसिएसन लिए ।  

सेञ्चुरी बैंकका तत्कालीन सीइओसहित १० बैकर पक्राउ गरिएको विषयमा छलफल गर्न भन्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले बुधबार बिहानै थापाथलीस्थित कार्यालयमा आकस्मिक बैठक डाकेको थियो । सो बैठकमा २० वटै वाणिज्य बैंकका सीइओ तथा तिनका प्रतिनिधि सहभागी थिए । बैठकमा सहभागी अधिकांश त्रसित मूडमा देखिन्थे । सो बैठकमा सीआइबीले बैंकिङ नबुझेको, धितोको विषयमा कुरै नबुझी धरपकड गरेको विषय उठेको थियो । तर, सीआइबी र गृहमन्त्रालयका अधिकारीसम्मलाई भेट्ने समय पाएपछि आधाघण्टामै बैठक टुङ्गाएर एनबीएका अधिकारी उठेका थिए । 

एनबीएका अधिकारीहरुले यो क्रममा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीदेखि सीआइबीका सिनियर अधिकृतदेखि गृहमन्त्रालयका उच्च अधिकारीहरुसम्म भेट गरे । गभर्नर अधिकारीले बैंकरहरुबाट समेत कमजोरी भएको हुनसक्ने भन्दै अनुसन्धानमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए । सो क्रममा आफ्नो ठाउँमा सही गर्ने बैंकरहरुले डराइहाल्नुपर्ने कुनै कारण नरहेको उनको भनाई थियो ।  

त्यसपछि एनबीएका अध्यक्ष सुनिल केसी लगायतको समूहको बुधबारको दिन प्रहरीदेखि गृहका अधिकारीहरुसम्मलाई बैंकिङ बुझाउँदा बुझाउँदै बितेको छ । ‘कतिपय प्रहरी अधिकृतले नेपालका बैंकहरुले प्रवाह गर्ने गरेका लोनहरुकै विषयमा नबुझेको देखियो ।’ ती छलफलमा सहभागी एक सीईओले भने–‘धितोलाई बुझ्ने विषयमा समेत प्रहरीमा कन्फ्यूजन देखियो ।’  

लोन प्रवाह गर्न सकिने अवस्था, लोनका प्रकार लगायतका विषयमा समेत बैंकरहरुले दिनभरिजसो नै कुरा बुझाउँदै हिँडे । 

एनबीएका अधिकारीहरुले सीआइबीदेखि गृहमन्त्रालयसम्म पुगेर बैंकिङ कसूरअन्तर्गत भनेर राष्ट्रबैंकको समन्वयबिना बैंकरमाथि क्षेत्राधिकार बाहिर आएर प्रहरीबाट धरपकड हुनु तथा कम मूल्यको धितोकै कारण पक्राउ गरिएको हो भने त्यो गलत रहेको बताएका थिए । उनीहरुले धितोकै विषय उठाउने हो भने नेपालका सबै बैंकर जेल जानुपर्ने अवस्था बन्नेतर्फ चिन्ता व्यक्त गरेका थिए ।  

प्रोजेक्टका आधारमा, विजिनेशको क्यास फ्लोको आधारमा, स्टकको आधारमा समेत लोन प्रवाह गर्न सकिने व्यवस्थाको विषयमा बैंकरहरुले अनुसन्धान अधिकृतहरुलाई कुरा बुझाएका छन् ।  

सो क्रममा नेपाल राष्ट्रबैंकदेखि गृहमन्त्रालयका अधिकारीहरुसम्मले बैंकरहरुलाई आतकिंत हुन नदिने र निर्दोषलाई फस्न नदिने विषयमा आवश्यक सहयोग गर्ने वचन दिएका सहभागी बैंकरहरुले बताएका छन् ।  

राष्ट्रबैंककै अनुरोधमा बैंकर पक्राउ !

यसैबीच, सीआइबीका एक अधिकारीले राष्ट्रबैंकका अधिकारीहरुसँगको समन्वयमै सेञ्चुरी बैंकका तत्कालीन सीइओद्वयसहितका बैंकरलाई पक्राउ गरिएको दाबी गरेका छन् ।  

ती अधिकारीले यो विषयमा राष्ट्रबैंकले फागुन ४ गते नै एक पत्रमार्फत सहयोग मागेको र आफूहरुले उसकै अनुरोधमा बैंकर पक्राउ गरेको दाबी गरेका हुन् ।  

‘राष्ट्रबैंककै जिम्मेवार व्यक्तिले समेत सीआइबीले समन्वय नगरी बैंकर पक्राउ गरेको भनी दुष्प्रचार गरेको देखियो, यो गलत हो ।’ ती अधिकारीले भने–‘हामीले हाम्रो कार्यक्षेत्र भूलेका छैनौं । केन्द्रीय बैंकको अनुरोध र ऊसँगको समन्वयमा सबै काम भइरहेको छ ।’  

ती अधिकारीकाअनुसार पक्राउ परेका १० जनालाई बुधबारदेखि नै बयान लिन थालिएको छ । उनीहरुमाथि लागेको मिलेमतोको आरोप पुष्टि हुने कागजात तथा प्रमाणहरु संकलनका लागि आवश्यक सबै ठाउँमा पत्राचार भएको समेत ती अधिकारीले जानकारी दिए । ‘अनुसन्धानका क्रममा उहाँहरुलाई पक्राउ गरिएको हो । निर्दोष सावित हुञ्जेल सबैले अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’ ती अधिकारीले बिजशालासँग भने ।  

उनका अनुसार केही बैंकरहरुको डाइरेक्ट कनेक्सन तथा लेनदेन देउराली सहकारीका सञ्चालक देवेन्द्र चौलागाईसँग देखिएको छ । यो विषयमा समेत मिहीन अनुसन्धान हुनेछ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.