बुधबार, श्रावण २०,२०८३ 07:02:38
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 07:02:38
Bizshala
Global IME Bank Limited

आरएसआई ओभर सोल्ड जोनमा पुगेको बजारमा कतिमा छ अबको सपोर्ट ?

आरएसआई ओभर सोल्ड जोनमा पुगेको बजारमा कतिमा छ अबको सपोर्ट ?
New Office

काठमाण्डौ । साताको पहिलो दिन सेयर बजार दिनभर घटेर कारोबार भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डसम्म आईपुगको छ । म्याक्डीमा यसअघि नै बियरिस क्रसओभर बनेको छ भने आरएसआई आज ३० को तह अर्थात ओभर सोल्ड जोन नजिक पुगेको छ ।  

घट्दो बजारमा यस्तो विन्दु ३० भन्दा तल पनि जान सक्छ । तर यो विन्दुमा ‘डब्लू’ आकार तथा रिभर्सलका कुनै पनि क्याण्डल बनेको खण्डमा बजारले ‘यु र्टन’ लिन पनि सक्छ । हालसम्मको बजारमा अहिले नै रिभर्सलको कुनै पनि संकेत भने देखिएका छैन ।  

बजारलाई इलिअट वेभबाट हेर्दा हाल १३ दिनसम्मको करेक्सनमा वेभ ‘ए ’ र अब ‘बी ’वेभमा बजारले माथिको यात्रा तय गर्न सक्ने सम्भावना रहन्छ । प्राइस एक्सन लगायत अन्य इन्डिेकेटरबाट नियाल्दा भने बजार बियरिस यात्रामा चलेको छ । प्राइस एक्सनमा बजारले आज नयाँ लोअर लो बनाएको छ । मनी फ्लो इन्डेक्समा भने बजार २० भन्दा तल पुगेको छ ।  

बजारलाई आरएसआईबाट र मनी फ्लो इन्डेक्सबाट नियाल्दा विगतमा आरएसआई ३० भन्दा तल र मनी फ्लो इन्डेक्स २० भन्दा तल आएपछि बजारले रिभर्सल लिएको देखिन्छ । पिभट् मार्फत नियाल्दा आज दोस्रो सपोर्ट भत्काएको बजारको अबको तेस्रो सपोर्ट २५७० देखि २५८० मा हुनसक्छ । जसका कारण रिभर्सलको सम्भावना अधिक रहन्छ ।  यदि बजार बढेमा भने २६९१ , २७१७ र २७६५ विन्दुमा क्रमश प्रतिरोध सामाना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.