शनिबार, असार १३,२०८३ 10:21:25
Bizshala
  • शनिबार, असार १३,२०८३ 10:21:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युरोपमा सार्वजनिक भयो चाङआनको ईभी ब्राण्ड डीपल, यसै वर्ष १० युरोपेली मुलुकमा विस्तार गर्ने योजना

Laxmi Sunrise Bank Limited
युरोपमा सार्वजनिक भयो चाङआनको ईभी ब्राण्ड डीपल, यसै वर्ष १० युरोपेली मुलुकमा विस्तार गर्ने योजना

काठमाण्डौ । चाङआन अटोमोबाइलले जर्मनीमा ‘सेयरिङ द फ्युचर’ थिमको आफ्नो ब्रान्ड लन्च कार्यक्रममा युरोपका लागि आफ्ना तीन प्रमुख ब्रान्डहरू CHANG-AN, DEEPAL र AVATR आधिकारिक रूपमा सुरु गरेको छ। यो कोशेढुङ्गा चाङआनको ‘भास्ट ओसन प्लान’ अन्तर्गत प्राविधिक नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने एक नयाँ चरण भएको कम्पनीले जनाएको छ।

अनुसन्धान, उत्पादन, आपूर्ति श्रृंखला, बिक्री र सञ्चालनमा फैलिएको पूर्ण रूपमा एकीकृत युरोपेली इकोसिस्टमको साथ चाङआनले स्थानिय ट्यालेन्टमा लगानी र क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरेर अनि इन्टेलिजेन्ट र दिगो मोबिलिटीको भविष्यलाई अगाडि बढाएर युरोपेली उपभोक्ताहरूसँगको आफ्नो सम्बन्धलाई गहिरो बनाउँदैछ।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा चाङआनले CHANG-AN E07 र DEEPAL S05 सँगै युरोपेली डेब्यूको रूपमा रूपमा DEEPAL S07 पनि प्रदर्शन गर्यो । जसको लञ्च पछिल्लो चरणको लागि तय गरिएको थियो। बुद्धिमत्ता र विद्युतीकरणमा अत्याधुनिक प्रविधिहरूका साथ चाङआनले युरोपको लागि उच्च प्रदर्शन गर्ने विद्युतीय सवारी साधनहरूको माग पूरा गरिरहेको छ।

६ देश र दस स्थानहरूमा फैलिएको आर एण्ड डी प्रणालीद्वारा सञ्चालित चाङआनको टेक्निकल इनोभेसन विश्वव्यापी रूपमा मान्यता प्राप्त छ। यसमा ३१ देश र क्षेत्रहरूबाट आउने १८ हजार भन्दा बढी आर एण्ड डी कर्मचारीहरू कार्यरत छन, जसमा १६ प्रविधि अनुसन्धान र उत्पादन विकास केन्द्रहरू, १७ प्रविधि कम्पनी र १८० प्रयोगशालाहरू (राष्ट्रिय स्तरका प्रयोगशालाहरू सहित) रहेका छ । जसले यसलाई युरोपेली ईभी बजारको एक प्रमुख भागको रूपमा स्थान दिन्छ।

युरोपेली सुरुवातको एक हिस्साको रूपमा चाङआनले सुरुमा नर्वे, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स र बेलायत जस्ता प्रमुख ईभी बजारहरूमा ध्यान केन्द्रित गर्दै बजार प्रवेशको औपचारिक रणनीति अपनाउँदैछ। सन् २०२८ सम्ममा कम्पनीले सबै प्रमुख युरोपेली बजारहरूमा उपस्थिति जनाउने योजना बनाएको छ। नेदरल्याण्ड्समा अवस्थित युरोपेली मुख्यालयले व्यापार सञ्चालनको केन्द्रको रूपमा काम गर्नेछ। बिक्री कम्पनीहरूको मुख्यालय जर्मनीको म्युनिखमा स्थापना गरिएको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल युरोपभरि लगभग ५०० कर्मचारीहरू कार्यरत छन् । जसमा इटाली र बेलायतका अनुभवी डिजाइनर र इन्जिनियरहरू पनि समावेश छन्। इनोभेसन र बजार संलग्नतालाई अगाडि बढाउनका लागि आफ्नो लोकल ट्यालेन्ट पूल विस्तार गर्न कम्पनी प्रतिबद्ध छ।

‘जर्मनीमा आउन पाउँदा हामीलाई खुशी लागेको छ’ चाङआन अटोमोबाइलका अध्यक्ष झु हुआरोङले भने ‘चाङआन एक खुला र सहयोगी कम्पनी हो जुन दिगो गतिशीलताको नेतृत्व गर्ने र मानव जीवनलाई फाइदा पुर्याउने स्पष्ट लक्ष्यद्वारा संचालित छ।’

हामीले यस वर्षविश्वव्यापी रूपमा तीस लाख युनिट बिक्री गर्ने लक्ष्य राखेका छौं जसमा दस लाख विद्युतीकृत सवारी साधनहरू हुनेछन्। हामीले सन् २०३० सम्ममाप्रति वर्ष पाँच लाख सवारी साधनहरू डेलिभर गर्ने लक्ष्य राखेका छौं जसमा तीस लाख विद्युतीकृत हुनेछन्। योसँगै हामी राम्रो भविष्यको लागि इनोभेसन पनि चलाइरहने छौं ,’ झुले थपे।

चाङआन अटोमोबाइल एक इन्टेलिजेन्ट लो–कार्बन मोबिलिटी प्रविधि कम्पनी हो । जसमा ३१ देशका ९१५ भन्दा बढी विशेषज्ञहरू, चाङ–आन, डीपल, एभीएटिआर जस्ता विविध ब्रान्डएवम् चाङआन फोर्ड, चाङआन माज्दा र जेएमसी जस्ता संयुक्त उद्यमहरू छन्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.