काठमाण्डौ । नया आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट(नामी)को दीक्षान्त समारोह सम्पन्न भएको छ । काठमाण्डौको बानेश्वरमा े फागुन १५ गत बेलायतको युनिभर्सिटी अफ नर्थ ह्याम्पटनबाट सम्बन्धन प्राप्त नामीको स्नातक तहको दीक्षान्त समारोह सम्पन्न भएको हो ।
उक्त समारोहमा स्नातक तहमा २०२० मा भर्ना भएका विद्यार्थीहरु दीक्षित भएका छन् । दीक्षान्त समारोहमा ब्याचलर अफबिजनेस एडमिनिस्ट्रेटिभ (बीबीए), बीएस्सी इन्भायरोन्मेन्ट साइनस, बीएस्सी कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ र नेटवर्क इन्जिनियरिङका १२० विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।
दीक्षित विद्यार्थीलाई समारोहका प्रमुख अतिथि नेपालका लागि बेलायतका राजदूत रब फेनले स्नातक उपाधि हस्तान्तरण गरेका थिए । दीक्षान्त समारोह कलेजका अध्यक्ष डा.आरजु राणा देउवाको सभापतित्वमा सम्पन्न भएको थियो ।
नामीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका उत्कृष्ट मध्येमा पर्ने बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी भई डिग्री हासिल गर्न पाउने कलेजले जनाएको छ ।