बुधबार, श्रावण २०,२०८३ 11:31:26
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 11:31:26
Bizshala
Global IME Bank Limited

अमेरिकी ट्यारिफ नीतिविरुद्ध चीन,जापान र दक्षिण कोरिया एकजुट हुन सहमत

अमेरिकी ट्यारिफ नीतिविरुद्ध चीन,जापान र दक्षिण कोरिया एकजुट हुन सहमत
New Office

काठमाण्डौ । अमेरिकी ट्यारिफ नीतिविरुद्ध चीन,जापान र दक्षिण कोरिया एकजुट हुन सहमत भएका छन् । चीनको सरकारी सञ्चार माध्यम सिसिटीभीले अमेरिकी ट्यारिफविरुद्ध यी ३ देशले संयुक्त प्रतिक्रिया जनाउन सहमत भएको जनाएको हो । 

सिसिटीभीको यो खबरलाई दक्षिण कोरियाले भने केही हदसम्म अतिरञ्जित भनेको छ । पाँच वर्षमा यी तीन देशले पहिलोपटक आर्थिक संवादको आयोजना गरेसँगै चिनियाँ सञ्चार माध्यमले अमेरिकी ट्यारिफविरुद्ध एकजुट हुन यी देशबीच सहमति बनेको उल्लेख गरेको हो ।

यो सहमति क्षेत्रिय व्यापारलाई सन्तुलित बनाउन लक्षित रहेको जनाइएको छ । जापान र दक्षिण कोरिया चीनबाट सेमिकन्डक्टर कच्चा पदार्थ आयात गर्न इच्छुक देखिएका छन् । यस्तै चीनपनि जापान र दक्षिण कोरियाबाट चिप प्रडक्टहरु खरिद गर्न इच्छुक देखिएको जनाइएको छ ।  

तीनवटै पक्ष आपूर्ति श्रृखला सहकार्यलाई मजबुत बनाउन र निर्यात नियन्त्रणका लागि वार्ता जारी राख्न सहमत भएका छन् ।  

अमेरिकी ट्यारिफविरुद्ध सहमति भएको बारे प्रश्न गर्दा दक्षिण कोरियाका व्यापार मन्त्रालयका प्रवक्ताले यो विषयलाई केही हदसम्म अतिरञ्जित ढंगले प्रस्तुत गरिएको प्रतिक्रिया दिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.