काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि थप कर लगाउने धम्की दिएसँगै चीनले प्रतिक्रिया जनाएको छ । चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको धम्कीलाई ‘अर्को ठूलो गल्ती’ भनेको छ।
मन्त्रालयले अमेरिकाको कुनै पनि बदमासी व्यवहारलाई कहिल्यै स्वीकार नगर्ने र अन्तसम्म आफ्नो सम्पूर्ण शक्तिका साथ कर विरुद्ध लड्ने बताएको छ।
चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले पनि आफ्नो पत्रिका पिपुल्स डेलीमा यस विषयमा लेख छापेको छ । चीनको प्रतिक्रिया ‘उपयुक्त, कानुनी, बलियो र संयमित’ रहेको लेखमा उल्लेख छ । अमेरिकाले विश्वमा आफ्नो शक्ति देखाउन चाहेको लेखमा उल्लेख छ ।
उक्त लेखमा ट्रम्प प्रशासनको आलोचना गर्दै अमेरिकाले भन्सारलाई हतियारको रुपमा प्रयोग गरिरहेको छ भने चीन अन्तर्राष्ट्रिय सहयोग र समानताको पक्षपाती रहेको लेखिएको छ ।