शनिबार, असार १४,२०८२ 12:39:48
  • शनिबार, असार १४,२०८२ 12:39:48
Global IME Bank Limited

देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यकः प्रधानमन्त्री ओली

Hyundai Nepal
देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यकः प्रधानमन्त्री ओली
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  

‘निजी क्षेत्र र  सरकार हातेमालो गर्दै अगाडि बढ्न सक्छ । यसको लागि सरकारलाई निजी क्षेत्रले बाध्य बनाउनु पर्छ । तर सरकारलाई बाध्य बनाउन आन्दोलन गरि राख्न आवश्यक छैन,’ ओलीले भने, ‘निजी क्षेत्र देश विकासका लागि सरकार कम्मर कसेर लागेको छ । सरकारको तर्फबाट पनि सोहि अनुसार सहयोग भई रहेको छ ।’

CG Motors
Muktinath Bikas Bank Limited

उक्त अवसरमा प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्र अगाडि बढाउन,उद्योग  सञ्चालन, प्रवद्दन का लागि उत्कृष्ट नीति सरकारले बनाएको स्मरण गराए ।  

उनले अहिलेको सरकारको गठन देशमा स्थायित्व र सम्वृद्धि ल्याउनका लागि भएको समेत उनले बताए । ‘सरकार र सरकारका नीतिहरू छिटो बदलिने, उत्तरदायित्व बिर्सने, अर्को सरकारले ल्याएको राम्रो काम नसमेट्ने भन्ने मानसिकता यहाँ छ । यसलाई बदल्नु पर्छ ,’ प्रधानमन्त्रीले भने ।  

उनले अहिले आम्दानीले घर नचल्ने अवस्था नभएकाले नागरिकलाई बचत गर्न सिकाउन आवश्यक भएको औल्याए । यसो भयो भने मात्रै देश विकास हुने धारणा प्रधानमन्त्री ओलीले राखे ।  

यस्तै फरक प्रसंगमा उनले देशमा भ्रष्टाचारको अन्त्य र जनतालाई कसरी सहज तरिकाले सेवा दिन सकिन्छ भनेर लागिपरेको दाबी गरे । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.