सोमबार, असार १५,२०८३ 11:01:26
Bizshala
  • सोमबार, असार १५,२०८३ 11:01:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना भईरहेको छ: प्रधानमन्त्री ओली

Laxmi Sunrise Bank Limited
नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना भईरहेको छ: प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना गर्दै गईरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।  

प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावहरूलाई गम्भीरतापूर्वक लिएको र तदनुरुप नीतिगत सुधार गर्दै देशमा लगानी मैत्री वातावरण सिर्जना गर्दै गईरहेको धारणा राखे । उनले भने ,‘सरकारले निजी क्षेत्रसँग साझेदारीमा काम गर्न पूर्ण रूपमा प्रतिबद्ध छ । निजी क्षेत्रकै सुझावका आधारमा पछिल्ला नीतिगत सुधारहरु गरेका छौं । देश विकास सबै मिलेर गर्ने हो । हामी सहकार्यको त्यो नमुनामा काम गरिहेका छौं ।’  

New Office
CG Motors
Garima Development Bank

प्रधानमन्त्री ओलीले वर्तमान सरकार नीतिगत स्थिरता र स्थायित्वका लागि काम गरेको बताए। उनले लगानीको वातावरण सुधार गर्न विभिन्न कानूनहरूमा महत्वपूर्ण परिवर्तनहरू गरेको र यी कानूनी सुधारहरूको उद्देश्य पारदर्शिता बढाउने, प्रक्रियागत झन्झटहरू कम गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको विश्वास बढाएको बताए ।  

उनले सरकारलाई सहि सुझाव दिन आन्दोलन गरिरहनु नपर्ने बताउंदै जनतालाई सहज र सरल रुपमा सेवा दिन तीनै तहका सरकार  प्रतिबद्ध रहेको बताए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी, प्रधानन्त्री ओलीले देश विकासको लागि सरकारको एकल प्रयास मात्र पर्याप्त नहुने बताउँदै देशमा पूर्वाधार विकास तथा ठूला परियोजनाहरुका लागी स्रोतको प्रबन्ध गर्न महासंघको पहमा नेपाल डेभलप्मेन्ट पब्लिक लिमिटेड (एनडीपीएल) कम्पनी स्थापना राम्रो सराहनीय कुरा भएको बताए । यस्ता प्रयासले अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ, निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन र राष्टिय स्वाभिमान निमार्ण गर्ने बताए ।  

उनले निजी क्षेत्रको छाता संगठनको रूपमा रहेको महासंघले औद्योगिक तथा व्यवसायिक समुदायको व्यवसाय प्रवद्र्धनमा मात्र नभई नेपालको आर्थिक विकास र समृद्धिलाई अघि बढाउन आफ्नो सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले सरकार र निजी क्षेत्र अहिले देशको आर्थिक विकास र समृद्धिका लागि साथसँगै साथ अघि बढेको बताए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.