काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरि बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात वैशाख १३ गतेभित्र आवेदन दिनु पर्नेछ ।