काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र केही अन्य इलेक्ट्रोनिक उपकरणहरूलाई ‘पारस्परिक’ भन्सार करहरूमा छुट दिने निर्णय गरेको छ । जसमा चिनियाँ आयातमा लगाइएको १२५ प्रतिशत ट्यारिफ पनि समावेश छ।
यूएस कस्टम एण्ड बोर्डर प्याट्रोलले एक सूचना जारी गर्दै यी वस्तुहरुलाई ट्रम्पले लगाएको १० प्रतिशत ग्लोबल ट्यारिफ र ठूलो परिमाणको चिनियाँ आयात करबाट हटाइने जनाएको छ । यससँगै ट्रम्पले पहिलोपटक चीनमाथि लगाएको ट्यारिफमा पुनरावलोकन ग्रेका छन् । यो कदमलाई ‘गेम चेन्जर’को रुपमा लिइएको छ ।
गत शनिबार मियामीको यात्राको क्रममा ट्रम्पले अर्को हप्ताको सुरुमा छूटको थप विवरणको बारे जानकारी दिने बताएका थिए ।
यो कदम अमेरिकी टेक कम्पनीहरूले ट्यारिफका कारण ग्याजेटहरूको मूल्य आकासिशन सक्ने बताएसँगै आएको हो । गत अप्रिल ५ गतेदेखि लागू भएको ट्यारिफमा अब सेमीकन्डक्टर, सोलार सेल र मेमोरी कार्डमा समेत छुट दिइने भएको छ ।
यससँगै एप्पल, एनभिडिया, माइक्रोसफ्ट जस्ता ठूला टेक कम्पनीले राहतको सास फेरेका छन् ।