बुधबार, श्रावण २०,२०८३ 04:47:06
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 04:47:06
Bizshala
Global IME Bank Limited

गत वर्ष ३१% ले बढ्यो नेप्से, कस्तो रहला यो वर्ष ?

गत वर्ष ३१% ले बढ्यो नेप्से, कस्तो रहला यो वर्ष ?
New Office

काठमाण्डौ। सेयर लगानीकर्ताहरुको लागि विसं २०८१ साल फलिफाप नै भएको छ । गत वर्ष समग्र सेयर बजार ३१ प्रतिशतले बढेको छ । वर्षको पहिलो कारोबार दिन अर्थात विसं २०८१ वैशाख २ गते नेप्से इन्डेक्स २ हजार ३१ को विन्दुमा रहेको थियो । यस बीचमा नेप्से परिसूचक साउन ३१ गते ३ हजार २ को विन्दुमा बन्द भएको थियो । तर वर्षको अन्तिम कारोबार अर्थात चैत ३१ गते नेप्से परिसूचक २ हजार ६६२ को विन्दुमा बन्द भयो ।  

यस हिसाबले गत वर्ष नेप्से परिसूचक ३१ प्रतिशतले बढ्यो। यस्तै २०८१ साल वैशाख २ गते बजार पूँजीकरण ३२ खर्ब ८२ अर्ब रुपैयाँ रहको थियो । तर चैत्र ३१ गते बजार पूँजीकरण ४४ खर्ब २५ अर्ब रहेको छ । यस हिसाबले यो एक वर्षमा लगानीकर्ताहरुको सम्पति ११ खर्ब ४३ अर्बले बढेको छ । यो भनेको नेप्सेमा थपिएका नयाँ कम्पनी , हकप्रद तथा एफपीओ समेत हो ।  

समुह गत रुपमा यो वर्ष वाणिज्य बैंक समूह २७.६ प्रतिशत , बिकास बैंक समूह  ३५ प्रतिशत , बित्त समूह २३.४१ प्रतिशत , लघुवित्त समूह १९.४२ प्रतिशत , जलविद्युत समूह ४०.८ प्रतिशत, जीवन बीम समूह  २९ प्रतिशत , नीजिर्वन बीमा समूह १७ प्रतिशत , अन्य  समूह ४४ प्रतिशत , लगानी समूह ४८ प्रतिशत , कारोबार समूह ६४ प्रतिशत , उत्पादन समूह ७ प्रतिशत , होटल्स समूह २५ प्रतिशत र म्यूचूअल फण्ड ६.९ प्रतिशतले वृद्धि भएका छन् ।  

कस्तो रहला नयाँ वर्ष ?  

२०८१ सालको सेयर बजार निकै उतारचढावपूर्ण रह्यो । साउन ३१ गते नेप्से परिसूचक ३ हजार माथि सम्म नेप्से पुग्यो । त्यो समयमा बजार पूँजीकरण झण्डै ४७ खर्ब रह्यो । सेयर कारोबार पनि हाल सम्मकै उच्च एकै दिनमा करिब ३० अर्ब नजिक पुग्यो । यस हिसाबले लामो समय १८ सय देखि २२ सय सम्म साइडवेज चलेको बजारमा एकै महिनामा एकाएक रौनक आयो । तर त्यो रौनक लामो समय टिकेन । बजार ३ हजारबाट खसेर २४६० विन्दुसम्म आयो ।  आज २६६२ को बिन्दुमा बन्द भयो । यस हिसावले यो बर्ष बजार २४६० देखि ३ हजारसम्म साइवेज नै चलेको छ । हालसम्मको समग्र सेयर बजार र राष्ट्रबैंकका तथ्याँक नियाल्दा तरलता सहज रहेको अवस्था छ । त्यसैगरि ब्यालेन्स अफ पेमेन्ट , विदेशी मुद्राको सञ्चिती तथा राष्ट्रबैंकको चालू खाता सकरात्मक नै रहेको देखिन्छ । यस हिसाबले आधारभूत रुपमा देशको आर्थिक अवस्था मजबुत र सबल देखिन्छ ।  

यस कारण नयाँ वर्ष वर्ष २०८२ मा नेपालको सेयर बजारले हालसम्मकै उच्च विन्दु ३२ सयलाई ब्रेक गरेर नयाँ उचाइ चुम्न सक्छ । यसका लागि हाल  लगानीकर्ताहरुकमा केही कमजोर रहेको मनबोललाई उकास्न आवश्यक देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.