बुधबार, असार १०,२०८३ 06:08:58
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:08:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाले स्मार्टफोन र कम्प्युटरमा दिएको ट्यारिफ छुट अस्थायी

Laxmi Sunrise Bank Limited
अमेरिकाले स्मार्टफोन र कम्प्युटरमा दिएको ट्यारिफ छुट अस्थायी

काठमाण्डौ । अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिकले स्मार्टफोन र कम्प्युटरलगायत अन्य विद्युतीय सामानहरूलाई पारस्परिक ट्यारिफबाट दिइएको छुट अस्थायी भएको बताएका छन् ।  

लुटनिकले यस्तो शुल्कहरू छुट्टै सेमिकन्डक्टर ट्यारिफ अन्तर्गत योजना गरिएको बताए। यो पछि घोषणा गरिने उनले बताएका छन्।

New Office
CG Motors
Garima Development Bank

ट्रम्प प्रशासनले हालै मात्रै मोबाइल फोन र कम्प्युटर लगायत धेरै इलेक्ट्रोनिक उत्पादनहरूलाई पारस्परिक करबाट छुट दिइने घोषणा गरेको थियो। यसमा चीनबाट ल्याइएको सामान पनि समावेश हुनेछ ।

प्रविधि कम्पनीहरूले पारस्परिक करको बारेमा चिन्ता व्यक्त गरेको बेला अमेरिकाले यो कदम उठाएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उता चिनियाँ अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पारस्परिक करहरू पूर्ण रूपमा रद्द गर्न आग्रह गरेका छन्। ट्रम्पको पारस्परिक ट्यारिफ पछि, विश्वका दुई ठूला अर्थतन्त्रहरू बीच ट्यारिफ वार जारी छ ।  

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ,‘हामी अमेरिकालाई आफ्ना गल्तीहरू सच्याउन ठूलो कदम चाल्न आग्रह गर्दछौं।’ 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.