काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्प्युटर र स्मार्टफोन लगायतका विद्युतीय सामाग्रीहरुमा भन्सार छुट हटाउने निर्णय गरेसँगै सोमबार युरोपेली टेक कम्पनीहरुको सेयरमूल्यमा हरियाली छाएको छ ।
आज कारोबार भएका अधिकांश टेक कम्पनीहरुको सेयरमूल्य बढेका छन् । युरोपेली सेयर बजार मापक इनडेक्स प्यान युरोपियन स्टकएक्स६०० इन्डेक्स २.१६ प्रतिशतले बढेको छ । आज यो इन्डेक्समा कारोबार भएका सबै समूह बढेका छन् ।
टेक समूह २.८ प्रतिशत,आयल एण्ड ग्यास ३.१ र बैंक समूह ३.३ प्रतिशतले बढेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा र परिवर्तन भईरहने ट्यारिफ नीतिका कारण पछिल्लो समय विश्व सेयर बजार प्रभावित बनिरहेको छ । अप्रिल महिनामा स्टकएक्स६०० ८ प्रतिशत भन्दा बढीले घटिसकेको छ । यस्तै अमेरिकाको एस एण्ड पी५०० इन्डेक्स पनि ४.४३ प्रतिशतले घटेको छ ।
अघिल्लो दिन कम्प्युटर र स्मार्ट फोन जस्ता विद्युतीय उपकरणमा भन्सार छुट दिने निर्णय गरेको ट्रम्प प्रशासनले आज यो छुट अस्थाी कालका लागि रहने जनाएको छ ।
यस्तै ट्रम्पले आयातित सेमिकन्डक्टरमाथि आगामी सातादेखि ट्यारिफ लगाउने घोषणा गरेका छन् ।