काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।
लगानीकर्ताले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।