आईतवार, असार १४,२०८३ 04:41:40
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:41:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हकप्रद ल्याउने गार्डियन माइक्रो लाइफको योजना तुहियो, प्राधिकरणको निर्देशनमा विशेष साधारण सभा स्थगित

Laxmi Sunrise Bank Limited
हकप्रद ल्याउने गार्डियन माइक्रो लाइफको योजना तुहियो, प्राधिकरणको निर्देशनमा विशेष साधारण सभा स्थगित

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले तत्कालै हकप्रद सेयर जारी गर्न नपाउने भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीको शतप्रतिशत हकप्रद तत्कालको लागि रोक्न निर्देशन दिएको छ ।  

योसँगै कम्पनीकोे विशेष साधारणसभा समेत स्थगित भएको छ । कम्पनीले वार्षिक साधारण सभा सकेको केही दिनमै फेरी विशेष साधारणसभा आह्वान गरेको थियो । सभाबाट हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी प्रस्ताव पारित गर्ने विशेष एजेण्डा थियो । तर तत्कालको लागि कम्पनीको यो योजना विफल भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

प्राधिकरणका अनुसार हालको लागि गार्डियन माइक्रो लाइफको शतप्रतिशत हकप्रद स्थगत मात्रै गरिएको हो । ‘कम्पनीले भर्खरै सर्वसाधारणमा आइपीओ जारी गरेको हो, आइपीओ लगत्तै १ः१ अनुपातमा हकप्रद जारी गर्न विशेष सभा आह्वान गरेकाले हालको लागि स्थगन गरिएको हो’ प्राधिकरणका एक अधिकारीले बताए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यता कम्पनीका सीइओ चिरायु भण्डारीले पनि प्राधिकरणबाट तत्कालका लागि हकप्रद सेयर र विशेष सभा स्थगन भएको बताए । ‘प्राधिकरणले हाललाई हकप्रद सेयर स्थगन गर्न निर्देशन दिएको हो, तर रोक नै लगाएको भने होइन’ उनले भने, ‘प्राधिकरणको निर्देशन बमोजिम हाललाई कम्पनीको हकप्रद निष्काशन प्रक्रिया र विशेष साधारण सभा रोकिने भएको छ ।’

प्राधिकरणको पूर्वस्वीकृति बिना नै कम्पनीले हकप्रद सेयर जारी गर्न विशेष साधारण सभा बोलाएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.