बुधबार, श्रावण २०,२०८३ 11:29:09
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 11:29:09
Bizshala
Global IME Bank Limited

ट्यारिफमार्फत सबै जनतालाई आयकरबाट मुक्त गर्ने पैसा आउछः ट्रम्प

ट्यारिफमार्फत सबै जनतालाई आयकरबाट मुक्त गर्ने पैसा आउछः ट्रम्प
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण यतिबेला विश्वभर हलचल मच्चिएको छ । यस्तोमा ट्रम्पले एक अन्तर्वार्तामा ट्यारिफ नीतिका कारण अमेरिकाले सबैका लागि आयकरलाई पूर्ण रुपमा अन्त्य गर्न सक्ने राजश्व संकलन हुने दाबी गरेका छन् ।  

फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले ट्यारिफ नीतिको चर्चा गर्दै यस्तो बताएका हुन् । उनले सन् १८७० देखि १९१३ का बीच ट्यारिफ नै अमेरिकी सरकारको आयको मुख्य स्रोत भएको बताए । उनले ट्यारिफकै कारण अमेरिका विश्वकै धनी देश बनेको समेत दाबी गरे ।  

उनले आयकरलाई अन्त्य गरी अमेरिकी नागरिकमाथिको करको बोझ कम गर्न सकिने बताए । उनले ट्यारिफका कारण अमेरिकालाई फाइदा पुग्ने बताए । उनले सन् १८८० को दशकमा सरप्लस फण्ड अन्त्य गर्ने उद्देश्यले एक समिति गठन गरिएको तर सन् १९१३ मा इनकम ट्याक्स सिस्टमको सुरुवात भएको बताए । उनले ट्यारिफलाई ‘ग्रेट डिप्रेशन’सँग जोडिने गरेकोप्रति आलोचना समेत गरे । ‘ट्यारिफका कारण हामीले दैनिक रुपमा अरबौं डलर कमाउदै छौं । हामी ट्यारिफबाट एक दुई दिनमा ३ अर्ब डलर कमाईरहेका छौं । यसअघि हामीले कहिल्यै यति पैसा कमाएका थिएनौं,’ ट्रम्पले भने ।  

ट्रम्पले सबैभन्दा पहिलो अप्रिल २ मा १८० देशमाथि रेसिप्रोकल ट्यारिफ लगाएका थिए । यस्तै उनले सबै देशमाथि १० प्रतिशतको बेसलाइन ट्यारिफल लगाएका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.