काठमाण्डौ । अमेरिका भ्रमणका क्रममा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेकी छन् । भेटका क्रममा जर्जिया मेलोनी र ट्रम्पले अमेरिका र युरोपबीच सम्भावित व्यापार सम्झौताको बारेमा कुरा गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘व्यापार सम्झौता हुनेछ भन्नेमा शतप्रतिशत विश्वस्त छु, तर यो निष्पक्ष सम्झौता हुनेछ।’
मालोनीले भनिन्, ‘ट्रम्प निश्चित छन् कि हामी सम्झौतामा पुग्ने छौं।’
अप्रिल २ मा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका धेरै देशमा पारस्परिक कर लगाएका थिए । ट्रम्पले चीनबाहेक अन्य देशलाई ९० दिनको अस्थायी छुट दिएका छन् र समानरूपमा पारस्परिक करलाई १० प्रतिशतमा झारेका छन्। ट्रम्पले युरोपेली संघबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने र त्यसपछि ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेपछि अमेरिका भ्रमण गर्ने मेलोनी पहिलो युरोपेली नेता हुन्।