बिहीबार, असार ३२,२०८३ 10:56:51
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 10:56:51
Bizshala
Global IME Bank Limited

नेको इन्स्योरेन्सले २.२५ लाख कित्ता अवितरित हकप्रद सेयर वैशाख १२ देखि बिक्री गर्ने

नेको इन्स्योरेन्सले २.२५ लाख कित्ता अवितरित हकप्रद सेयर वैशाख १२ देखि बिक्री गर्ने
New Office

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि १४ गतेसम्म १ः०.२५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

जसमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर रहेको छ ।  

कम्पनीले आगामी वैशाख १२ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले सानिमा क्यापिटलको नक्साल कार्यालय,विराटनगर,विर्तामोड, विरगञ्ज,जनकपुर, हेटौडा र पोखरा शाखा कार्यालय तथा नेको इन्स्योरेन्सको बाग्लुङ,बुटवल,घोराही, नेपालगंज, विरेन्द्रनगर,धनगढी र महेन्द्रनगर शाखा कार्यालयमार्फत बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख २१ गते रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.