बिहीबार, बैशाख ३१,२०८३ 09:23:29
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:23:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रु.१७.८६ अर्बबराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा २१ जना पक्राउ

Laxmi Sunrise Bank Limited
रु.१७.८६ अर्बबराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा २१ जना पक्राउ
Shivam Cement

काठमाण्डौ । पौने १८ अर्ब रुपैयाँ बराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा २१ जना प्रक्राउ परेका छन् । डिजिटल वालेट कम्पनीहरु सजिलो पे र पेवेल नेपाल प्रालिको बैंक खाता प्रयोग गरी १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ वित्तीय कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दिएको जानकारीअनुसार ११ जिल्लामा गरिएको विशेष कारबाहीमा २१ जनाले भन्सार छली, सुनको अवैध कारोबार, कर छलीजस्ता कार्यबाट कमाएको झण्डै १८ अर्ब रुपैयाँ मनी म्युलहरुको प्रयोग गरि सजिलो पे र पेवेलको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको हो ।  

सीआईबीका अनुसार आन्तरिक विप्रेषण बन्द रहेको अवस्थामा विदेशबाट प्राप्त हुने विप्रेषण रकमलाई गैरकानूनी रुपमा नेपाल भित्र्याउन र विभिन्न शंकास्पद गतिविधिबाट आर्जित रकमलाई व्यवस्थापन गर्न संगठित गिरोहले डिजिटल वालेट कम्पनी दुरुपयोग गरेको प्रारम्भिक अनुन्धानमा खुलेको छ ।  

Bizshala
New Office
CG Motors

यसरी पक्राउ पर्नेहरूमा मोरङका ५९ वर्षीय विरेन्द्र प्रसाद साह, ३१ वर्षीय दिपेन्द्र प्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवण कुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोज कुमार महतो, ४५ वर्षीया अलिता देवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरुण कुमार साह, पर्साका २६ वर्षीय प्रदिप कुमार साह र धनुषाका ४४ वर्षीय संजिव कुमार महतो रहेका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै नवलपरासीका २२ वर्षीय राज कमल लोनिया, ४३ वर्षीया भिम कुमारी गुरुङ, सप्तरीका ३५ वर्षीय राम विलास साह तेली, ३२ वर्षीया ममता कुमारी साह, पर्साका ३२ वर्षीय बिकर्ण जंग राणा, नवलपरासीका ३४ वर्षीय गणपति पाण्डे, वीरगंजकी ३८ वर्षीया सलमा खातुन, सप्तरीकी ३१ वर्षीया शुसिला कुमारी शाहु, चितवनका ६४ वर्षीय गोविन्द प्रसाद आचार्य र सप्तरीका २२ वर्षीय शम्भु मेहता पनि पक्राउ परेका छन् ।

नियामक निकाय नेपाल राष्ट्र बैंकको आदेश र निर्देशन विपरीत कार्य गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरूमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.