बिहीबार, असार १२,२०८२ 12:43:40
  • बिहीबार, असार १२,२०८२ 12:43:40
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफको नाफामा ३८१२% को उछाल, आम्दानी र अन्य सूचक कस्तो ?

Hyundai Nepal
गार्डियन माइक्रो लाइफको नाफामा ३८१२% को उछाल, आम्दानी र अन्य सूचक कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा उछाल आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ७ लाख १ हजारको तुलनामा ३८१२.१५ प्रतिशतले बढी हो ।  

कम्पनीको खुद बीमाशुल्क आर्जनमा पनि राम्रो सुधार आएको छ । अघिल्लो आवमा १ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवमा भने १९ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन ९९०.३९ प्रतिशतले बढी हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको कुल आम्दानी पनि ५ करोड ४२ लाखबाट बढेर २५ करोड ५१ लाख पुगेको छ । कम्पनीले समीक्षा अवधिसम्म १३ करोड ५३ लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२११ प्रतिशतले बढी हो । कम्पनीको कुल खर्च समेत बढेको छ । कम्पनीले २२ करोड ७७ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ५ करोड ३त्५ लाख मात्रै खर्च गरेको थियो ।  

कम्पनीले रिटेन्ड अर्निङ कोषमा १ करोड ९० लाख र महाविपत्ती कोषमा २९ लाख ३५ हजार रुपैयाँ सञ्चित गरेको छ । समीक्षा अवधिमा कम्पनीले १ लाख ९ हजार ९४६ वटा बीमालेख जारी गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०२.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२५.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५०७.९१ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.