काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ९ अर्ब ३७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । उच्च खरिदबिक्री हुने टप १० ब्रोकर कम्पनीहरुमा आज ७ वटाबाट बिक्री धेरै भएको छ भने तीनवटाबाट खरिद भएको छ ।
उच्च खरिद हुने ब्रोकरहरुमा सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री भएका ब्रोकरहरुमा भने नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, एबीसी सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार हुने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै १ अर्ब २८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.४३ प्रतिशत बिक्री भएको छ भने ४८.५७ प्रतिशत मात्रै खरिद भएको छ ।
