आईतवार, कार्तिक १,२०८३ 09:01:37
  • आईतवार, कार्तिक १,२०८३ 09:01:37
Global IME Bank Limited

सम्पदा लघुवित्तमा कर्मचारी आन्दोलन, विभेद र असमान व्यवहार विरुद्ध चरणबद्ध विरोध कार्यक्रम घोषणा

Bizshala
सम्पदा लघुवित्तमा कर्मचारी आन्दोलन, विभेद र असमान व्यवहार विरुद्ध चरणबद्ध विरोध कार्यक्रम घोषणा
New Office

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरूले मर्जरपछिको असमानता, विभेदपूर्ण निर्णय र व्यवस्थापनको एकपक्षीय क्रियाकलापका विरुद्ध चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेका छन्।

‘भेदभाव विरुद्ध संघर्ष समिति’को नेतृत्वमा अघि बढाइएको आन्दोलनको सूचना संस्था प्रमुख कार्यकारी अधिकृत समक्ष औपचारिक रूपमा बुझाइएको छ। संघर्ष समितिका अध्यक्ष दिपेन्द्र तामाङद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएअनुसार, मर्जरपछि संस्था भित्र देखिएको पक्षपाती व्यवहार, पारदर्शिताको अभाव र न्यायोचित प्रक्रिया नअपनाइएका कारण कर्मचारीहरू बीच गम्भीर असन्तोष पैदा भएको छ।

संघर्ष समितिले संस्थाको कम्पनी सचिवमार्फत २०७२ वैशाख ८ गते नै २८ बुँदे मागपत्र संचालक समितिमा पेश गरेको स्मरण गराउँदै, सो सम्बन्धमा हालसम्म कुनै सुनुवाइ नभएको र बेवास्ता गरिएको गुनासो गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चार चरणमा विरोध कार्यक्रम

कर्मचारीहरूले शान्तिपूर्ण र संयमित विरोधमार्फत माग सम्बोधन नभएसम्म संघर्ष जारी राख्ने स्पष्ट गरेका छन्। विरोध कार्यक्रम यस प्रकार रहेका छन्ः

–प्रथम चरण (वैशाख २१–२२)ः कालोपट्टी बाँधेर कार्यालय समयभित्र शान्तिपूर्ण सांकेतिक विरोध।

–दोस्रो चरण (वैशाख २३–२४)ः कालोपट्टी बाँध्ने, साथै आधा दिन पेन डाउन (काम रोक्ने)।

–तेस्रो चरण (वैशाख २५–२७)ः शान्तिपूर्ण प्रदर्शनसहित शाखा कार्यालयको नियमित कामकाज पूर्णरूपमा बन्द।

–चौथो चरण (वैशाख २८ पछि)ः केन्द्रीय कार्यालय घेराउ, कुनै पनि कार्यालयमा दैनिक कार्य नगर्नेनगराउने।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कर्मचारी पक्षले कुनै पनि हस्तक्षेप, दबाब वा अमानवीय व्यवहार भएमा प्रतिरक्षाका लागि कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ। यस्ता कदमबाट उत्पन्न हुन सक्ने संस्थागत असन्तुलनको जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवले लिनुपर्ने भनिएको छ।

संघर्ष समिति संवाद, समन्वय र सौहार्दपूर्ण समाधानमा विश्वास राख्ने बताउँदै, व्यवस्थापन पक्षले समयमै गम्भीर ध्यान नदिए स्थिति थप जटिल हुन सक्ने संकेत गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.