बुधबार, श्रावण २०,२०८३ 03:17:46
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 03:17:46
Bizshala
Global IME Bank Limited

अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने
New Office

काठमाण्डौ । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो ।

अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन् । जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ ।

अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि अभ्यासमा आएको थिएन । अब नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने सूचना अधिकारी विकेस मल्लले जानकारी दिए ।  

हाल एजेन्टमार्फत मात्र बीमा नवीकरण गरिने व्यवस्था छ । यसले चाहेको समयमा तत्काल नवीकरण गर्न चाहनेलाई समस्या छ । यही समस्या हटेर नवीकरण दर वृद्धि हुने अपेक्षा बोर्डले गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.