‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ सहित स्वास्थ्य बीमा सुधार गर्ने कांग्रेसको घोषणा
काठमाण्डौ । आगामी पाँच वर्षभित्र सम्पूर्ण नेपाली नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने उद्देश्यसहित नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। दलका अनुसार स्वास्थ्य बीमा अब राष्ट्रिय गौरवको कार्यक्रमको रूपमा अगाडि बढाइनेछ।पार्टीले स्वास्थ्य बीमालाई अनिवार्य नागरिक अधिकार र सरकारको कर्तव्यका रूपमा अघि सारेको छ। यस अन्तर्गत, सबै नेपाली नागरिक...

