काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले २०८२ साल चैत मसान्तसम्म स्वास्थ्य बीमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको छ।
बोर्डका अनुसार २०८२ साल चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमाबापत कुल २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ रुपैयाँ भुक्तानी गरिएको हो।
यससँगै २०८२ सालसम्म स्वास्थ्य बीमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने पुरानो भुक्तानी दायित्व पूरा भएको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई दाबी प्रमाणीकरणका आधारमा बोर्डले भुक्तानी गर्दै आएको छ। पछिल्लो भुक्तानीसँगै अघिल्लो वर्षसम्मका बाँकी दायित्वसमेत टुंगिएको बोर्डको भनाइ छ।
बोर्डले स्वास्थ्य बीमा सेवाअन्तर्गत सेवा प्रदायक संस्थाबाट प्राप्त दाबी तथा कागजातको परीक्षण गरी भुक्तानी प्रक्रिया अघि बढाउँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।