बिहीबार, बैशाख ३१,२०८३ 11:00:49
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:00:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पूर्वघोषणा अनुसार स्वास्थ्य बीमा सुविधा थप वृद्धि गर्ने स्वास्थ्यमन्त्री पौडेलको तयारी

विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत ल्याउन प्रक्रिया सुरु

Laxmi Sunrise Bank Limited
पूर्वघोषणा अनुसार स्वास्थ्य बीमा सुविधा थप वृद्धि गर्ने स्वास्थ्यमन्त्री पौडेलको तयारी
Shivam Cement

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व घोषणा गरेअनुसार मन्त्रालयबाट उपलब्ध हुने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेका छन् ।

विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने खाका तयार पार्न मन्त्री पौडेलले एक विज्ञ समिति गठन गरेका छन् । समितिलाई एक साताभित्र प्रतिवेदन सुझाव दिन भनिएको छ ।

मन्त्री पौडेलले यससम्बन्धमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । मन्त्री पौडेलले लेखेका छन्, ‘सरकारबाट प्रदान हुने विपन्न नागरिक उपचार सहायतासहितका सहुलियत स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउन नीतिगत सुधार गर्ने पूर्व प्रतिबद्धता अनुसार कार्यान्वयन प्रक्रिया आरम्भ गरेका छौं ।’

Bizshala
New Office
CG Motors

यस अघि जटिल आठ प्रकारका रोगका बिरामीलाई स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सहायता दोब्बर गर्ने निर्णय कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै मन्त्री पौडेलले सबै उपचार सहुलियत एकीकृत ढङ्गबाट प्रदान हुँदा स्वास्थ्य बीमामार्फत प्राप्त हुने सुविधा थप वृद्धि हुने बताएका छन् ।

‘आम नागरिकको स्वास्थ्य उपचार पहुँच विस्तार तथा सेवा अभिवृद्धिमा हामी निरन्तर प्रयत्नशील छौं । यस व्यवस्थाले नागरिकलाई स्वास्थ्य उपचार प्राप्तिमा थप सहजता प्राप्त हुने हाम्रो विश्वास छ ।,’ उनले भने ।

मन्त्री पौडेलले गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्ने क्रममा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले दिने उपचार सहायता स्वास्थ्य बीमामार्फत नै उपलब्ध गराउने र स्वास्थ्य बीमाको नीतिगत तथा कार्यगत सुधार गर्ने घोषणा गरेका थिए ।

यसअनुसार व्यक्तिले आफू बसेकै स्थानमार्फत स्वास्थ्य बीमाको प्रथम सेवा लिन पाउने व्यवस्था भएको छ । यसका साथै स्वास्थ्य बीमामा आवद्ध भएको तीन महिनापछि सेवा पाउने व्यवस्था परिवर्तन गरेर एक महिनाभित्रै प्राप्त गर्न सकिने बनाइएको छ ।  

हरेक स्थानीय तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुका लागि समेत नीतिगत निर्णय गरेका मन्त्री पौडेलले घोषणा गरे अनुसारका नीतिगत सुधार निरन्तर जारी राखेका छन् । स्वास्थ्य बीमा कार्यक्रमको सबै बक्यौता यसै आर्थिक वर्षमा शून्यमा झार्ने सरकारले बजेटमार्फत घोषणा गरेको छ । यसले स्वास्थ्य बीमाको भुक्तानीमा देखिएको कठिनाई समेत समाधान हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

सरकारी सुविधा एकीकृत रुपमा स्वास्थ्य बीमामा थपिंदा यसले कार्यक्रमको आम्दानी समेत वृद्धि हुँदा सेवा दिन थप सहजता हुने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले बताए । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.