आईतवार, असार १४,२०८३ 04:55:14
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:55:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जोशमा होस गुमाएका उर्जा उत्पादक: सेबोन अध्यक्षमाथिको आरोप प्रमाणित गर्न नसक्दा अप्ठेरो, अख्तियारले छानी-छानी लिँदैछ बयान

Laxmi Sunrise Bank Limited
जोशमा होस गुमाएका उर्जा उत्पादक: सेबोन अध्यक्षमाथिको आरोप प्रमाणित गर्न नसक्दा अप्ठेरो, अख्तियारले छानी-छानी लिँदैछ बयान

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि आधारहीन आरोप लगाएका उर्जा उत्पादकहरुलाई अन्ततः आफ्नै बोली गलपासो बन्न थालेको छ ।  

सेबोन अध्यक्षले बिचौलियाहरु खटाएर आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुबाट ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको संगीन आरोप लगाएका केही उर्जा उत्पादकहरु आफ्नै बोलीका कारण फस्ने परिस्थिति निर्माण भएको बुझिएको छ ।  

उर्जा उत्पादकहरुको अनौपचारिक छलफलका क्रममा केही सदस्यहरुले तेश्रो व्यक्ति(अरु नै उर्जा उत्पादक)को नाम लिएर ‘फलानोले भनेको कमिसन मागियो रे’ भन्ने शैलीमा सो विषय निकालेका थिए । २–३ जनाले त्यो विषय ‘यस्तो अरे, त्यस्तो अरे’ भन्ने शैलीमा अनौपचारिक छलफलमा उठाएका थिए । अनौपचारिक छलफलमा आधारबिना नै सुनेको भरमा केही उर्जा उत्पादकले बोलेको कुरा सुनियोजित रुपमा बाहिर ल्याएर मिडिया ट्रायल गरिएपछि अवस्था असामान्यतर्फ उन्मुख भएको थियो । 

New Office
CG Motors
Garima Development Bank

‘केही व्यक्ति तथा समूहको स्वार्थमा अनौपचारिक छलफलमा ‘अरे’को भरमा उठाइएको विषयलाई सत्यजस्तै बनाएर र ठूलै अन्याय भएको जस्तो न्यारेटिभ्स क्रियट गरेर जसरी मिडियाबाजी गरियो, त्यो गलत भयो ।’ स्वतन्त्र उर्जा उत्पादक संघ(इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बिजशालासँग भने–‘बाटो–बाटोमा सुनिएको आधारहीन आरोपलाई संस्थागतजस्तै गरी मिडियाहरुले स्पेश दिने काम गरे । यो सन्देहपूर्ण र सुनियोजित नै देखिन्छ ।’  

वरिष्ठ उपाध्यक्ष डाँगीले इप्पानले अहिलेसम्म संस्थागत रुपमा सेबोन अध्यक्ष वा अरु कोहीमाथि पनि त्यस्तो आरोप नलगाएको प्रष्ट पार्दै भने–‘हामी मिथ्या कुराको पछाडि छैनौं । एकदुई सदस्यहरुले बाटो–बाटोमा सुनाइएका कुरामा खेल्ने काम भएको हाम्रो निश्कर्ष हो । केही स्वार्थ समूहले हाम्रा केही सदस्यहरुलाई परिचालन गरी इप्पानकै प्रतिष्ठामा दाग लाग्ने गरी जसरी खेल्ने काम गरे, त्यो निन्दनीय छ । यो विषयमा हामी गम्भीर छौं । आवश्यक परेमा इप्पानको स्वच्छ ब्यानरको दुरुपयोग गर्ने र संस्थाको गरिमामाथि आँच आउने गरी जथाभावी बोल्नेहरुलाई संगठनले कारबाही गर्छ ।’  

बोल्नेलाई गलपासो

सेबोन अध्यक्षमाथि लागेको आरोपको प्रमाण भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई केही उर्जा उत्पादकहरुले छलफलका क्रममा खिचिएको फूटेज दिएका थिए । एउटा अनलाइन मिडियामा प्रकाशित सोही भिडियो फूटेजलाई हेरेर पछिल्लो समय अख्तियारले त्यहाँ बोल्नेहरुलाई एक–एक गर्दै बोलाएर बयान लिइरहेको स्रोतले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अख्तियारस्थित उच्च स्रोतका अनुसार उर्जा उत्पादकले लगाएको आरोपको ठोस प्रमाण वा सेबोन अध्यक्ष नै दोषी करार हुने खालको कुनै पनि कन्टेन्ट प्राप्त भएको छैन । ‘बरु हामीले फूटेजमा जस–जसले आरोप लगाए, उनीहरुलाई के–के आधारमा यस्तो बोल्नुभएको भन्ने हिसाबले बयान लिइराखिएको हो ।’ स्रोतले भन्यो–‘फूटेजमा देखिएअनुसार जस–जसले आरोप लगाउनुभएको छ, उहाँहरुले पनि अरु कोहीबाट सुनेको भन्ने विषय आएको छ । अनुसन्धान जारी छ ।’  

बाहिरियाहरुबाट सुनेको कुरालाई आफूले नै भोगेजस्तो वा आफैंसँग कमिसनको डिल भएकोजस्तो गरेर जसरी केही उर्जा उत्पादकहरुले छलफलमा बोलेका थिए, अहिले उनीहरुलाई आफ्नै बोली गलपासो बन्न पुगेको स्रोतहरु बताउँछन् । ‘अनावश्यक झञ्झटमा फसियो भन्ने कुरा छ साथीहरुको ।’ एक उर्जा उत्पादकले भने –‘हो हो रेमा भनेको विषयले साथीहरुलाई अप्ठ्यारो भएको छ । बयानका बयान चलिरहेको छ । साथीहरुले जोशमा बोलिहाले, अहिले आएर बोलेको कुरा पुष्टि हुने कुनै आधार नभएपछि उनीहरुलाई अप्ठ्यारो परेको छ ।’  

‘हो हो रे’मा सुनेको कुरा बोल्दा समस्यामा फसेका उर्जा उत्पादकहरुलाई इप्पानले सहजीकरण र सहयोग गर्नुपर्ने आवाज समेत उठेको छ ।  

यसअघि प्रकाशित सम्बन्धित समाचारहरु :

-सेबोन अध्यक्षमाथि कार्यसम्पादनमा ढिलासुस्तीको आरोपको यो आँकडाले गर्छ खण्डन, वास्तविकता यस्तो

-उत्पादन सुरु गरेका हाइड्रोले मात्रै आईपीओ जारी गर्न पाउने, सेबोन अध्यक्षले खोले जवाफी फायर

-धितोपत्र बोर्डमा अख्तियारको टोली, आईपीओको पाइपलाइनमा रहेका कम्पनीको विवरण माग

-‘जसले उर्जा उत्पादकको बर्बादी रोके, उनैमाथि धसियो 'छुरा' !’

-सेबोन अध्यक्षमाथि लागेको आरोपको उर्जा उत्पादकबाटै खण्डन सुरु

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.