शनिबार, असार १४,२०८२ 05:46:28
  • शनिबार, असार १४,२०८२ 05:46:28
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफद्वारा बाजुराका विद्यार्थीहरूलाई शैक्षिक सामग्री राख्ने झोला बितरण

Hyundai Nepal
सानिमा रिलायन्स लाइफद्वारा बाजुराका विद्यार्थीहरूलाई  शैक्षिक सामग्री राख्ने झोला बितरण
Nabil Bank Limited

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बाजुरा जिल्लाको बजेडी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि शैक्षिक  सामग्री राख्ने झोला वितरण गरेको छ । कम्पनीले बैशाख २४ गते उक्त सहयोग गरेको हो ।  

 संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा १४७ थान  शैक्षिक सामग्री राख्ने झोला विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । हाल यस विद्यालयमा इसिडीदेखि कक्षा ८ सम्मका १४७ विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । कम्पनीले मुलुकको अति पिछडीएको जिल्लामा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरूको दुखमा मलम लगाउने कार्य गरेको उल्लेख गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरू मर्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको  छ । यस्ता प्रयासहरूमार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।

देशभर १६९ शाखा सञ्जाल रहेको कम्पनीको पूँजी ५ अर्बभन्दा बढी, २० अर्बभन्दा बढीको लगानी रहेको छ भने २० हजार भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.