काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको खुद नाफा ११.९३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीले ४ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
गत आवको यसै अवधिसम्म जीवन बीमकहरुले ४ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको मात्रै मुनाफा घटेको छ भने बाँकी सबै कम्पनीको बृद्धि भएको छ ।
तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल लाइफ रहेको छ । कम्पनीले सो अवधिसम्म ६५ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ८।६४ प्रतिशत बढी हो ।
त्यस्तै, दोस्रो बढी नाफा कमाउनेमा हिमालयन लाइफ रहेको छ । कम्पनीले पनि तेस्रो त्रैमाससम्म ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको तुलनामा ८.६४ प्रतिशत बढी हो ।
यसका साथै रिलायबल नेपाल लाइफले ४६ करोड ५७ लाख, नेशनल लाइफले ४० करोड ८५ लाख, आइएमई लाइफले ३६ करोड ६३ लाख, सिटिजन लाइफले ३५ करोड ७६ लाख, मेट लाइफले ३४ करोड ५१ लाख, सानिमा रिलायन्स लाइफले ३३ करोड ७६ लाख, एशियन लाइफले ३३ करोड ४७ लाख, सन नेपाल लाइफले ३२ करोड ८९ लाख, सूर्यज्योति लाइफले २९ करोड ५७ लाख, प्रभु महालक्ष्मी लाइफले २७ करोड ७ लाख, एलआइसी नेपालले २३ करोड ६० लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले १ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् ।
गत आवको तुलनामा सबैभन्दा बढी मुनाफा बढाउनेमा भने एशियन लाइफ अगाडी रहेको छ । कम्पनीको नाफा ५९.५१ प्रतिशतले बढेको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफको ३६.८८ प्रतिशत, सुर्यज्योति लाइफको ३१.९० प्रतिशत र मेट लाइफको २७.१४ प्रतिशतले नाफा बढेको छ ।
इपीएस कुनको कति ?
तेस्रो त्रैमाससम्म सबैभन्दा बढी प्रतिसेयर आम्दानी (इपीएस) राष्ट्रिय जीवन बीमा कम्पनीको रहेको छ । कम्पनीको इपीएस १७.०४ रुपैयाँ छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफको इपीएस पनि १३.३८ रुपैयाँ रहेको छ । कम्पनीको इपीएस गत आवको तुलनामा ४.२० रुपैयाँले बढेको छ ।
यसका साथै एशियन लाइफको १३.१३ रुपैयाँ, नेशनल लाइफको १०.४९ रुपैयाँ, सन नेपाल लाइफको १०.०७ रुपैयाँ, आइएमई लाइफको ९.७७ रुपैयाँ, नेपाल लाइफको ९.६३ रुपैयाँ, सिटिजन लाइफको ९.५४ रुपैयाँ, सानिमा रिलायन्स लाइफको ८.९८ रुपैयाँ, सूर्यज्योति लाइफको ७.८७ रुपैयाँ, हिमालयन लाइफको ६.८९ रुपैयाँ, एलआइसी नेपालको ६.२९ रुपैयाँ रहेको छ ।

