काठमाण्डौ । कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलि लिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो । यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा भएको कम्पनीले जनाएको छ ।
कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्,‘कोका–कोला सँधै आफ्ना उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिवद्ध छ । यो विशेष अफरले हाम्रा उपभोक्ताहरुको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्याउनेछ भन्ने हामीलाई विश्वास छ ।’
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।