बुधबार, श्रावण २७,२०८३ 01:32:00
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 01:32:00
Bizshala
Global IME Bank Limited

मुकेश अम्बानीका सम्धीहरु पनि छैनन् सम्पत्तिको मामिलामा कम,सबैभन्दा धनी को ?

Prabhu Bank Limited
मुकेश अम्बानीका सम्धीहरु पनि छैनन् सम्पत्तिको मामिलामा कम,सबैभन्दा धनी को ?
New Office

काठमाण्डौ । एशियाका सबैभन्दा धनी व्यक्ति तथा भारतको सबैभन्दा मूल्यवान कम्पनीका रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीका कान्छा छोराको तीनदिने प्रि–वेईडिङ समारोह तामझामका साथ सम्पन्न भएको छ ।  

उनका छोरा अनन्त अम्बानीे राधिका मर्चेन्टसँग आगामी जुलाइ १२ मा विवाह बन्धनमा बाधिन गईरहेका छन् । मुकेश अम्बानीका हुनेवाला तेस्रा सम्धी तथा राधिका मर्चेन्टका बुवा पनि सम्पत्तिको मामिलामा कम छैनन ।  

मुकेश अम्बानी सम्धी वीरेन मर्चेन्ट पनि भारतका धनाढ्यमध्येका एक हुन् । वीरेन मर्चेन्ट हेल्थकेयर कम्पनी इनकोरका सीईओ हुन् । उनको कुल सम्पत्ति करीब ७५५ करोड भारु छ । क्लासिक डान्सरको रुपमा पहिचान बनाएकी राधिका मर्चेन्ट पनि आफ््नो बुवाको कारोबारमा सहयोग गर्ने गर्छिन ।  

मुकेश अम्बानीका अन्य दुई जना सम्धीहरुसँग पनि सम्पत्तिको कुनै कमी छनै । अम्बानीकी छोरी ईशा अम्बानीका सुसुरा अजय पीरामलको कम्पनी पीरामल ग्रुप भारतको सबैभन्दा ठूलो कर्पोरेट घरानामध्ये एक हो । पीरामल इन्टरप्राइजेज फर्मा,हेल्थकेयर तथा वित्तीय सेवासँग सम्बन्धीत छ । पीरामल को सञ्चालक समितिमा अजय पीरामलका साथै उनकी श्रीमती स्वामी पीरामल उपाध्यक्ष छिन् । यसका साथै छोरी नन्दिनी र छोरा आनन्द पीरामल(ईशाका श्रीमान) पनि सञ्चालक समितिमा छन् । फोब्र्सका अनुसार अजय पीरामलको कुल सम्पत्ति ३.२५ अर्ब डलर छ ।  

यस्तै मुकेश अम्बानीका जेठा छोराको ससुरा अरुण रसेल मेहता पनि धनको मामिलामा कम छैनन् । रसेल मेहता भारतका ठूला हिरा व्यापारी हुन् र विश्वका कयौं देशमा उनको कारोबार फैलिएको छ ।  

मेहता रोजी ब्लू कम्पनीका एमडी हुन् । जो विश्वको शीर्ष डाइमन्ड कम्पनीको रुपमा परिचित छ । यो कम्पनीको भारतका २६ शहरमा ३६ वटा स्टोर छन् । यसका साथै कम्पनीले विश्वका १२ देशमा कारोबार गर्ने गर्छ । बिजनेश ट्डेका अनुसार अरुण रसेलको कुल अनमानित सम्पत्ति ३ हजार करोड भारु छ ।  

मुकेश अम्बानीको कुल सम्पत्ति भने १०४ अर्ब डलर रहेको छ । उनी विश्वको ११ औं धनी व्यक्ति हुन् भने एशियाको पहिलो ।  -एजेन्सी

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.