बिहीबार, असार १२,२०८२ 08:17:59
  • बिहीबार, असार १२,२०८२ 08:17:59
Global IME Bank Limited

नेको इन्सुरेन्सको साधारण सभा आज

Hyundai Nepal
नेको इन्सुरेन्सको साधारण सभा आज
Nabil Bank Limited

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको २९ औं साधारण सभा आज बिहान ११ बजे काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा आयोजना हुनेछ ।  

सभामा आर्थिक वर्ष २०८०/८० का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । यस्तै चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ वैशाख २९ गतेसम्म नेप्सेका कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.