काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब रुपैयाामाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद माग भएका छन् भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद माग भएका ब्रोकरहरुमा भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक कम्पनी रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, श्रीहरी सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ७७ करोड ३३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.७६ प्रतिशत सेयर खरिद भएको छ भने ५१.२४ प्रतिशत सेयर बिक्री भएको छ ।
