शुक्रबार, श्रावण १५,२०८३ 12:09:10
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 12:09:10
Bizshala
Global IME Bank Limited

हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सरको रूपमा यामाहा नेपालको निरन्तरता

हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सरको रूपमा यामाहा नेपालको निरन्तरता
New Office

काठमाण्डौ । यामाहा नेपालले नेपालको चर्चित रियालिटी शो हिमालय रोडिजको सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सरको रूपमा सहभागी हुने घोषणा गरेको छ। यस पटकको सिजन ‘हेल अर हेभन’ भन्ने रोमाञ्चक थिमसहित फर्किएको छ। यो यामाहा नेपालको शोको लागि अटल समर्थनको लगातार छैटौं वर्ष भएको कम्पनीले जनाएको छ । जसले नेपालको साहसिक र युवा–सञ्चालित भावनासँगको गहिरो सम्बन्धलाई पुनः पुष्टि गर्दछ।

हिमालय टिभीमा साप्ताहिक रूपमा प्रशारण हुने हिमालय रोडिज अन्तर्राष्ट्रिय शो एमटीभी रोडिजबाट प्रेरित नेपालकै सबैभन्दा लोकप्रिय रियालिटी शो हो। कठोर चुनौती, अप्रत्याशित मोडहरू र सशक्त स्टोरीटेलिंगले भरिएको यो शोले प्रतियोगीहरूलाई नेपालको असभ्य र सुन्दर भौगोलिक परिवेशमा लगेर शारीरिक र मानसिक रूपमा परीक्षा लिन्छ।  

पर्फर्मेन्स, स्टायल र एडभेन्चरसँग पहिचान जोडिएको ब्रान्डको रूपमा यामाहा नेपालले सधैं युवा यात्रुहरूलाई प्रेरित गर्दै आएको कम्पनीले जनाएको छ। एमटी १५ भि२ र एफजेट–एस जस्ता सडकमा राज गर्ने बाइकदेखि ट्रयाकबाट प्रेरित आर५१ भि४ र गेदबाइक डब्लुआर १५५ आर स्पोर्टी एरोक्स १५५ र इन्धन खपतमा उत्कृष्ट रे जेटआर, १२५ एफआई हँईब्रिडसम्मका मोडेलहरूले यामाहालाई आधुनिक यात्रुहरूको रोजाइमा राखेको कम्पनीको भनाई छ ।  

एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, ‘यामाहा र रोडिजको साझा डीएनए छ ( दुबै सीमाहरू पार गर्ने, साहसी जोखिम लिने र आफ्नै बाटो रोज्ने बारेमा हुन्। यस सिजनको ‘हेल अर हेभन’ थिमले हामीले जीवन र यात्रा दुवै ठाउँमा गर्ने छनोटहरूलाई झल्काउँछ। हामी एकपटकफेरि यो प्रेरणादायी सहकार्यमा आबद्ध हुन पाउँदा गर्व गर्दछौं।’

एमएडब्ल्यू अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपाल मुलुकको सबैभन्दा भरपर्दो दुई(पाङ्ग्रे सवारी ब्रान्डहरूमध्ये एक हो। कम्पनीका अनुसार प्रविधिमा नवीनता, इन्जिनियरिङ सटीकता र उत्कृष्ट आफ्टर सेल्स सर्भिसको इतिहास भएको यामाहा नेपालमा अझ सुरक्षित, सशक्त र रोमाञ्चक राइडिङ संस्कृतिको निर्माणमा हरदम समर्पित रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.