आईतवार, असार १४,२०८३ 02:16:51
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:16:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवाद्वारा सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण

Laxmi Sunrise Bank Limited
कामना सेवाद्वारा सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरस्वती प्राथमिक विद्यालय मेचीनगर, झापाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ ।

कार्यक्रममा बैंकको इट्टाभट्टा शाखा प्रबन्धक निर्जर पौडेलले विद्यालयका प्रधानाध्यापक फूलमाया बुढाथोकीको उपस्थितिमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेका छन् । सो सामग्रीमा विद्यालय झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्रीहरू समावेश गरिएको थियो ।

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक बुढाथोकीले मेचीनगर क्षेत्रका सामाजिक–आर्थिक रूपले पिछडिएको विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ  ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.