काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ९ अर्ब १३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद माग भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
आज उच्च खरिद माग भएका ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, श्री हरि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र अनलाइन सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, एबीसी सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज १ अर्ब १२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४७.१७ प्रतिशत सेयर खरिद भएको छ भने ५२.८३ प्रतिशत सेयर बिक्री भएको छ ।
