काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ८ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, एबीसी सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ७४ करोड १७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४७.४६ प्रतिशत सेयर मात्रै खरिद भएको छ भने ५२.५४ प्रतिशत सेयर बिक्री भएको छ ।
