मंगलवार, जेष्ठ २७,२०८२ 12:16:42
IME remit
  • मंगलवार, जेष्ठ २७,२०८२ 12:16:42
IME remit
Global IME Bank Limited

नेपालमा पहिलो पटक बीएमडब्लूको विद्युतीय एसएभी ‘iX2’ सार्वजनिक, बुकिङ खुला

Hyundai Nepal
नेपालमा पहिलो पटक बीएमडब्लूको विद्युतीय एसएभी ‘iX2’ सार्वजनिक, बुकिङ खुला
Nabil Bank Limited

काठमाण्डौ । विश्वप्रसिद्ध गाडी निर्माता कम्पनी बीएमडब्लू (BMW) को नयाँ विद्युतीय गाडी ‘iX2 Electric Sports Activity Vehicle (SAV)’ अब नेपालमा सार्वजनिक भएको छ। 

बीएमडब्लू गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्समार्फत नेपालमा सार्वजनिक गरिएको यो गाडीले बीएमडब्लूको विद्युतीय गाडी क्षेत्रतर्फको प्रतिबद्धता अझ सशक्त बनाएको छ।

शून्य उत्सर्जन, अधिकतम प्रदर्शन

बीएमडब्लू iX2 eDrive20 मा १५० किलोवाट (२०४ हर्सपावर) क्षमताको विद्युतीय मोटर रहेको छ जसले २५० एनएम टर्क उत्पन्न गर्छ। गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टा गति हासिल गर्न ८.६ सेकेन्ड मात्र लिन्छ भने यसको अधिकतम गति १७० किलोमिटर प्रतिघण्टा रहेको छ।

यसमा ६६.५ किलोवाट-घण्टाको उच्च भोल्टेज ब्याट्री प्रयोग गरिएको छ जसले ४३० देखि ४७५ किलोमिटर (WLTP मापनअनुसार) सम्मको दाबी गरिएको दूरी तय गर्न सक्छ। ब्याट्री गाडीको फ्लोरमा राखिएकाले गाडीको तौल सन्तुलन र भित्री स्थानको उपयोग अझ राम्रो बनाएको छ।

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

चार्जिङमा सहजता र स्मार्ट प्रविधि

BMW iX2 को Combined Charging Unit मार्फत ११ किलोवाट क्षमतासम्मको एसी चार्जिङ गर्न सकिन्छ भने १३० किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जिङ पनि सम्भव छ। स्मार्ट थर्मल प्रि-कन्डिसनिङ र उन्नत सफ्टवेयरले चार्जिङ समय छोट्याउने र ब्याट्रीको आयु बढाउने कार्यमा सहयोग पुर्‍याउँछ।

बीएमडब्लू iX2 ले चालकलाई मात्र होइन, यात्रुहरूलाई पनि उच्चस्तरीय आराम दिन डिजाइन गरिएको छ। यसमा मोका रंगको भेरनास्का लेदर सीट, प्यानोरामिक ग्लास रुफ, अटोमेटिक २-ज़ोन एयर कन्डिसनिङ र १२ स्पिकर भएको हरमन कार्डन सराउण्ड साउन्ड सिस्टम समावेश गरिएको छ।

सुरक्षामा समेत भरपर्दो

सुरक्षाका हिसाबले पनि यो गाडी अत्याधुनिक प्रविधिबाट सज्जित छ। यसमा चालक र सहचालकका लागि एयरब्याग, डायनामिक ब्रेक कन्ट्रोल (DBC), अटो होल्ड फङ्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक तथा ड्राइभ-अफ असिस्टेन्ट र एटेण्टिभनेस असिस्टेन्ट रहेका छन् जसले सहर र लामो यात्रा दुवैमा आरामदायी र सुरक्षित अनुभव प्रदान गर्छ।

Muktinath Bikas Bank Limited

नेपालको विद्युतीय लक्जरी गाडी बजारमा नयाँ मानक

लक्ष्मी प्रिमियम मोटर्स हाल काठमाडौंको तीनकुनेस्थित अत्याधुनिक शोरुमबाट X1, X2, X3, X4, X7, iX1, iX3, X5 (PHEV), 5 Series (PHEV) र 7 Series जस्ता मोडेलहरू बिक्री गरिरहेको छ। अब iX2 को आगमनसँगै, बीएमडब्लूले नेपालको प्रिमियम इभी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ।

बुकिङ खुला

बीएमडब्लू iX2 गाडी हेर्न वा टेस्ट ड्राइभका लागि लक्ष्मी प्रिमियम मोटर्सको शोरुममा सम्पर्क गर्न सकिनेछ। साथै, बीएमडब्लू नेपालका फेसबुक तथा इन्स्टाग्राम पेजहरूबाट थप जानकारी प्राप्त गर्न सकिन्छ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.