• बिहीबार, भाद्र २६,२०८२ 12:03:49
Global IME Bank Limited

यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री भगबती चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै

Hyundai Nepal
यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री भगबती चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै

काठमाण्डौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जाने भएकी छन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेकी हुन् ।

२६ फागुनमा मन्त्री चौधरीको नेतृत्वमा  मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा भाग लिन जानेछ । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिने भनेर अघिल्लो गठबन्धनको सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । सोहि निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीले प्रतिनिधि मण्डलको नेतृत्व गरेकी हुन् । देशको प्रतिनिधित्व गर्दै मन्त्रीकै नेतृत्वमा सम्मेलनमा भाग लिन जाने अन्तराष्ट्रिय प्रचलन रहेकोले मन्त्री चौधरीले भ्रमणको नेतृत्व गरेकी हुन् ।

सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ । कार्यक्रममा सहभागी हुन विभिन्न महिला अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु गइरहेका छन् ।

यसैविच सामाजिक सञ्जालमा आएको अफवाह प्रति महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको सचिबालयले ध्यानाकर्षण भएको जनाएको छ । अघिल्लो गठबन्धन सरकारको मन्त्रिपरिषद्ले सम्मेलनमा भाग लिन जाने निर्णय गरेकोमा सरकार परिवर्तन भएसँगै अघिल्लो मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीको नेतृत्वमा सम्मेलनमा जान लागिएको सचिवालयले जनाएको छ ।

 मन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा अमेरिकास्थित नेपाली दूतावासबाट ३ जना सहभागी हुने बताइएको छ । मन्त्रालयका अधिकारी सहित मन्त्री र सचिवको भ्रमण खर्च सरकारले ब्यहोर्ने छ । अन्यहरु व्यक्तिगत खर्चमा अमेरिका जानेछन् ।

चौधरी बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएकी हुन् हो । बुधबारै मन्त्रालयको कार्यभार सम्हालेसँगै मन्त्री चौधरीले सचिव, सहसचिव लगायत कर्मचारीहरुसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सवालमा प्रत्यक्ष देखीने कार्यहरु गर्न आफु आएकोले सकारात्मक र रचनात्मक सहयोग गर्न अनुरोध गरेकी थिइन् । सोही बखत मन्त्री चौधरीले महिलाका सवालमा ग्रासरुटसम्मै काम गर्न ७७ वटै जिल्लाहरुमा पुग्ने गरी आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रम बनाउन पनि निर्देशन दिएकी थिइन् ।

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.