सोमबार, श्रावण १८,२०८३ 10:19:36
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:19:36
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डको साढे ४२ करोड रुपैयाँ पाँच बर्षदेखि फसेको फस्यै, ७ रोपनी भनेर किनिएको जग्गा ४ रोपनी मात्रै !

धितोपत्र बोर्डको साढे ४२ करोड रुपैयाँ पाँच बर्षदेखि फसेको फस्यै, ७ रोपनी भनेर किनिएको जग्गा ४ रोपनी मात्रै !
New Office

काठमाण्डौ । धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुबाट उठाएको ४२ करोड ५६ लाख बढी रुपैयाँ ५ बर्षदेखि फसेको फस्यै छ ।  

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको समयमा उक्त रकम आफ्नै भवन निर्माण प्रयोजनका लागि जग्गा खरिद गर्न काठमाण्डौ उपत्यका विकास प्राधिकरणलाई दिइएको थियो ।  

काठमाण्डौको कागेश्वरी मनोहरामा ७ रोपनी जग्गा खरिदका लागि उक्त रकम दिइएको थियो । तर ५ बर्ष बितिसक्दा पनि धितोपत्र बोर्डले हालसम्म पनि न पैसा नै फिर्ता पाएको छ न त जग्गा नै । त्यो समयमा धितोपत्र बोर्डले काठमाण्डौ बिकास प्राधिकरणलाई ४२ करोड ५६ लाख रुपैयाँ दिएको थियो ।

तत्कालिन अबस्थामा सात रोपनी भनेर सभ्झौता  गरिएता पनि बाटो तथा अन्य सबै काट्दा उक्त जग्गा जम्मा ४ रोपनी मात्र भएको बोर्डस्थित स्रोतले जानकारी दियो । पूरा जग्गा नभएपछि बोर्ड नै पछि हटेको छ ।  

धितोपत्र बोर्डले यस बर्षको बार्षिकोत्सवमा पनि बोर्डले जग्गा खरिद गरेर आफ्नै भवन निमार्ण गर्ने बताएको छ । तर पहिलेदेखि फसेको पैसा र जग्गा के गर्ने भन्ने बिषयमा बोर्ड अनिर्णित देखिन्छ ।  

हालसम्म उक्त रकम साँवाब्याजसहित गरेर ५० करोडभन्दा माथि पुगिसकेको छ । धितोपत्र बोर्डले काठमाण्डौ विकास प्राधिकरणमार्फत मनोहरा क्षेत्र विकास प्राधिकरणको स्वामित्वमा रहेको ७ रोपनी जग्गा खरिदको लागि पैसा दिएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । जग्गा खरिदको लागि दिएको उक्त रकम हालसम्म न बोर्डले फिर्ता पाएको छ न त जग्गा नै ।  

मनोहरा विकास प्राधिरणले मनोहरामा विकासको काम सम्पन्न नभएको भन्दै जग्गा उपलब्ध गराएको छैन । ‘बोर्डले पैसा दियो तर जग्गाको लालपूर्जा बोर्डको नाममा आएको छैन । न जग्गा आयो न त पैसा नै आयो।’ श्रेष्ठले भने ।  

यसै विषयमा बुझ्न खोज्दा काठमाण्डौ विकास प्राधिकरणका कुनै पनि अधिकारीहरु सम्पर्कमा आउन चाहेनन् । मनोहरा विकास प्राविधरणका प्रवक्ता सागर मिश्रले आफूलाई यस विषयमा कुनै पनि जानकारी नभएको बताए ।  

हाल धितोपत्र बोर्डले काठमाण्डौको खुमलटारमा बार्षिक एक करोडभन्दा बढी भाडाको भवन लिएर कार्यालय सञ्चालन गरिरहेको छ ।

बोर्डस्थित अर्को एक उच्च स्रोतका अनुसार आफ्नै भवन निर्माणका लागि मनोहराको सो जग्गाको लफडा छाडेर माइतीघर मण्डला छेउकै जग्गा फेला पारी त्यसलाई खरीद गर्ने प्रक्रिया अगाडि बढेको छ । निकट भविष्यमा सोही ठाउँमा धितोपत्र बोर्डको अत्याधुनिक भवन निर्माण हुने उच्च स्रोतको भनाई छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.