काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा साढे १२ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद माग भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र एबीसी सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज र अनलाइन सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज १ अर्ब ७१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.५६ प्रतिशत सेयर खरिद भएको छ भने ४७.४४ प्रतिशत सेयर बिक्री भएको छ ।
