मंगलवार, श्रावण १२,२०८३ 11:39:41
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:39:41
Bizshala
Global IME Bank Limited

कामना सेवा विकासद्वारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

कामना सेवा विकासद्वारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाण्डौका विभिन्न स्थानमा रहेका दृष्टीविहीनहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकका ब्राण्डीङ तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोवार, डिजिटल ठगी लगायतका विषयहरुमा वित्तीय साक्षरता प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा ४० जनाभन्दा बढि दृष्टीविहीनहरुको उपस्थिती रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमको समापनमा बोल्दै दृष्टीविहीन कृष्ण खत्री अविरलले वित्तीय साक्षरता समयमै नपाउँदा आफूले बैंक मार्फत् कारोवार नगरेको, आफुले कमाएको, बचाएको पैसा साथीहरुलाई राख्न दिनुपरेको र उक्त पैसाको जतन हुने नहुने कुरामा समेत आफू विश्वस्त हुन नसकेको बताए । दृष्टीविहीनहरुले पनि अन्य व्यक्तिहरुले सरह अब बैंकमा खाता खोलेर कारोवार गर्न मिल्ने भए पछि अब देखी आफ्ना वित्तीय कारोवारहरु बैंक मार्फत् मात्र गर्ने बताए । सोही कार्यक्रममा बोल्दै दृष्टीविहिन बिक्रम पथरियाले वित्तीय साक्षरता कार्यक्रमपश्चात आफूलाई सानो बचतले भविष्यमा ठुलो काम गर्न सकिने आशा पलाएको बताए ।  

सोही कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका सौगात वाग्लेले दृष्टीविहीनहरुलाई कामना सेवा विकास बैंकले अन्य व्यक्तिहरुलाई जस्तै मोबाईल बैंकिङ, एटिएम कार्ड लगायतका सुविधाहरु प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे । वाग्ले आफू पनि दृष्टीविहीन भएको र अन्य व्यक्तिहरुले जस्तै बैंकिङ सेवाहरु प्राप्तगरि सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको बताए ।  

कामना सेवा विकास बैंकले दृष्टीविहीनहरुलाई लक्षित गरेर स्वाभिमान बचत खाता सञ्चालनमा ल्याईरहेको छ । उक्त खाता खोलेका दृष्टीविहीनहरुले अन्य व्यक्तिहरुले सरह मोबाईल बैंकिङ, एटीएम कार्ड लगायतका सुविधाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले उक्त खाता खोल्नको लागि दृष्टीविहीन भएकै कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कोही साक्षी आवश्यक नपर्ने र खाता सञ्चालनसम्बन्धी शर्तहरु ब्रेल लिपीमा समेत उपलब्ध गराउने गरेको जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.