काठमाण्डौ । एक्सफेङको नयाँ इलेक्ट्रिक एसयुभी जी–७ ले चीनमा ११ जुन २०२५ मा सार्वजनिक भएको केवल ४६ मिनेटमै १० हजार भन्दा बढी प्रि–अर्डर प्राप्त गर्न सफल भई विश्वव्यापी ईभी बजारमा तहल्का मच्चाएको छ।
यस उत्साहजनक प्रतिक्रियाले एक्सफेङको प्रविधिमा आधारित नवीनताप्रति उपभोक्ताको पूर्ण विश्वास र उत्सुकतालाई प्रस्ट रुपमा झल्काएको कम्पनीले जनाएको छ।
जी७ मा एक्सफेङद्वारा विकास गरिएको ट्युरिङ एआई चिप, हुवावेसँगको सहकार्यमा तयार गरिएको ८७ इन्चको एआर एचयुडी डिस्प्ले, उच्चस्तरीय स्वचालित ड्राइभिङ सुविधा, र ५सी अल्ट्रा–फास्ट चार्जिङ जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्।
७०० किलोमिटरसम्मको अधिकतम रेञ्जले जी–७ लाई इन्टेलिजेन्ट मोबिलिटीको नयाँमापदण्डको रूपमा आफूलाई स्थापित गरेको छ।
जी–७ ले अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुलिरहेको छ । यद्यपी सिजी मोटरले एक्सफेङको एआईको भिजनलाई नेपालमा जी–सिक्सको माध्यमबाट पहिलेनै भित्र्याइसकेको छ।
जि–६ मा ओटीए अपडेट, एक्सओएस अपरेटिङ सिस्टम, ८०० भोल्ट चार्जिङ, सेपा२.० आर्किटेक्चर जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्, जसले नेपाली सडकमा ईभीको अनुभवलाई अझ स्मार्ट र इन्टेलिजेन्ट बनाउँछ।