शनिबार, श्रावण १६,२०८३ 04:56:52
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 04:56:52
Bizshala
Global IME Bank Limited

इजरायल, इरान र तेलः यो जलमार्ग बन्द भयो भने सारा विश्व प्रभावित बन्नसक्छ

इजरायल, इरान र तेलः यो जलमार्ग बन्द भयो भने सारा विश्व प्रभावित बन्नसक्छ
New Office

काठमाण्डौ । जुन १३ मा इरानमा इजरायली हमलापछि स्ट्रेट अफ हर्मुज बन्द हुने डर थियो । यो स्ट्रेट विश्वभर ग्यास र तेलको आपूर्तिको लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ।

स्ट्रेट एक साँघुरो समुद्री पट्टी हो जसले दुई ठूला पानी क्षेत्रहरू, जसले समुद्र वा महासागरहरू जोड्छ। स्ट्रेट अफ हर्मुजले मध्यपूर्वका तेलका धनी देशहरूलाई एसिया, युरोप र उत्तर अमेरिकालगायत विश्वका अन्य भागहरूसँग जोड्ने काम गर्छ ।  

तर यो क्षेत्र दशकौंदेखि भूराजनीतिक तनाव र विवादको केन्द्रमा रहेको छ। स्ट्रेट अफ हर्मुजको महत्त्व बुझ्नुअघि यो जान्नु आवश्यक छ कि इजरायल र इरानबीच बढ्दो तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र वृद्धि भएको थियो।  

सोमबार एसियाली बजारमा कारोबार सुरु भएसँगै ब्रेन्ट कच्चा तेलको मूल्य दुई डलरभन्दा बढी अर्थात २.८ प्रतिशतले बढेर प्रति ब्यारेल ७६.३७ डलर पुगेको छ ।

अमेरिकी कच्चा तेलको मूल्य पनि झण्डै दुई डलरले बढेर प्रति ब्यारेल ७५.०१ डलर पुगेको छ । शुक्रबार तेलको मूल्यमा ७ प्रतिशतको तीव्र वृद्धिपछि यो उछाल देखिएको हो । पर्शियन खाडी र ओमानको खाडीको बीचमा रहेको स्ट्रेट अफ हर्मुज इरान र ओमानको सामुद्रिक सीमाको बीचमा पर्छ। यो एक साँघुरो जलमार्ग हो, जुन एक ठाउँमा मात्र ३३ किलोमिटर चौडा छ।  

विश्वको कुल तेल आपूर्तिको करिब एक–पाँच भाग यही मार्गबाट ​​जाने गरेको तथ्यबाट यसको महत्त्व अनुमान गर्न सकिन्छ। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कुवेत र इरान जस्ता देशबाट निकासी हुने कच्चा तेल यही खाडल हुँदै अन्य देशमा पुग्छ।  

यसबाहेक विश्वको सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास ९एलएनजी० निर्यात गर्ने कतार पनि आफ्नो निर्यातका लागि यही मार्गमा निर्भर छ । सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्धमा दुवै देशले यस जलमार्गबाट ​​एकअर्काको तेल आपूर्तिमा अवरोध पुर्याउने प्रयास गरेका थिए ।

यस द्वन्द्वमा व्यावसायिक ट्याङ्करहरू आक्रमण भएका थिए, जसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको थियो। यो द्वन्द्वलाई इतिहासमा ‘ट्यांकर युद्ध’ पनि भनिन्छ ।  

यदि इरानले स्ट्रेट अफ हर्मुज बन्द गर्यो भने विश्वको तेल आपूर्तिको २० प्रतिशत प्रभावित हुने विश्वास गरिएको छ । जुन महिनामा विश्व वित्तीय संस्था जेपी मोर्गनले यस्तो अवस्थामा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० देखि १३० डलर पुग्न सक्ने चेतावनी दिएको थियो ।

इजरायली आक्रमणपछि इरानले आफ्नो तेल आपूर्तिमा कुनै असर नपरेको स्पष्ट पारेको थियो । तेल मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आक्रमणमा तेल भण्डारण केन्द्र वा रिफाइनरीहरू लक्षित नभएको भनिएको छ । तर द्वन्द्व चर्कियो भने भविष्यमा यस पूर्वाधारमा आक्रमण हुन सक्ने विश्लेषकहरूको विश्वास छ, जसले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्छ।

विगतमा पनि स्ट्रेट अफ हर्मुज इरान र अमेरिकाबीच विवाद र द्वन्द्वको केन्द्र बनेको छ । सन् १९८८ मा अमेरिकी लडाकु विमानले इरानी यात्रुवाहक विमानलाई खसालेर २९० जनाको ज्यान गएको थियो । अमेरिकाले यो सैन्य गल्ती भएको दाबी गरेको छ ।  यसको नौसैनिक फ्लीटले विमानलाई लडाकू विमान सम्झेको थियो।

तर इरानले यसलाई ‘पूर्व नियोजित हमला’ भनेको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.