हतियार उत्पादन बढाउने तयारीमा अमेरिका
काठमाण्डौ । डोनाल्ड ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूले शुक्रबार अमेरिकी रक्षा उद्योगका प्रमुख कम्पनीका प्रतिनिधिहरूसँग हतियार उत्पादन बढाउने विषयमा बैठक गर्ने तयारी गरेका छन्।बैठक ह्वाइट हाउसमा हुने र त्यसमा लकहेड मार्टिन तथा आरटीएक्स कर्पोरेशन लगायत प्रमुख रक्षा कम्पनीका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।

