शनिबार, श्रावण १६,२०८३ 04:57:40
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 04:57:40
Bizshala
Global IME Bank Limited

हतियार उत्पादन बढाउने तयारीमा अमेरिका

हतियार उत्पादन बढाउने तयारीमा अमेरिका
New Office

काठमाण्डौ । डोनाल्ड ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूले शुक्रबार अमेरिकी रक्षा उद्योगका प्रमुख कम्पनीका प्रतिनिधिहरूसँग हतियार उत्पादन बढाउने विषयमा बैठक गर्ने तयारी गरेका छन्।

बैठक ह्वाइट हाउसमा हुने र त्यसमा लकहेड मार्टिन तथा आरटीएक्स कर्पोरेशन लगायत प्रमुख रक्षा कम्पनीका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।

रिपोर्टअनुसार बैठकमा अमेरिकी रक्षा मन्त्रालयले हालैका सैन्य कारबाहीपछि घटेको हतियार तथा गोला–बारुदको मौज्दात पुनःपूर्ति गर्न उत्पादनलाई तीव्र बनाउने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

हालै इरानविरुद्ध गरिएका आक्रमणसहित विभिन्न सैन्य अभियानका कारण अमेरिकी सेनाले प्रयोग गरेको मुनिसनको आपूर्ति पुनः भर्न आवश्यक भएको बताइएको छ।

यसैबीच, अमेरिकी रक्षा सचिव पेटे हेगसेटले हालै आयोजित पत्रकार सम्मेलनमा अमेरिकासँग पर्याप्त मुनिसन मौज्दात रहेको र आवश्यक परे इरान विरुद्धको अभियान लामो समयसम्म निरन्तर सञ्चालन गर्न सक्ने बताएका छन्।

अमेरिकी प्रशासन र रक्षा उद्योगबीच हुने यो बैठकलाई आगामी सुरक्षा रणनीति तथा हतियार उत्पादन क्षमतासम्बन्धी महत्वपूर्ण छलफलका रूपमा हेरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.