मंगलवार, बैशाख ८,२०८३ 03:04:43
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 03:04:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानद्वारा अमेरिकी हवाई हमलामा आणविक केन्द्रमा ठूलो क्षति पुगेको स्वीकार

Bizshala
इरानद्वारा अमेरिकी हवाई हमलामा आणविक केन्द्रमा ठूलो क्षति पुगेको स्वीकार
Shivam Cement

काठमाण्डौ । इरानले पहिलो पटक अमेरिकी हवाई हमलामा आफ्ना आणविक केन्द्रमा ठूलो क्षति पुगेको स्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अल जजिरासँग कुरा गर्दै यसको पुष्टि गरेका हुन्।

‘हाम्रा आणविक केन्द्रहरू नराम्ररी क्षतिग्रस्त भएका छन्, यो निश्चित छ, बाघाईले भने। इरानी प्रवक्ताले थप जानकारी दिएनन्, तर अमेरिकी बमवर्षकहरूले आक्रमण गरेपछि तेहरानको प्रभावको यो पहिलो पुष्टि हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गत आइतबार अमेरिकाले इरानका तीन आणविक स्थललाई निशाना बनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको प्रशंसा गर्दै इरानको आणविक कार्यक्रम पूर्ण रूपमा ध्वस्त भएको बताएका छन् । यद्यपि, पेन्टागनको गुप्तचर मूल्याङ्कनले यी दाबीरूमा शंका गर्दै इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको अनुमान गरेको छ ।  

यसैबीच अमेरिकी गुप्तचर एजेन्सी सीआईएका प्रमुखले अमेरिकी आक्रमणले इरानको आणविक केन्द्रलाई नराम्ररी क्षति पुर्याएको र केही वर्ष पछाडि परेको बताएका छन् । सीआईए निर्देशक जोन र्याटक्लिफले मुख्य केन्द्रहरु ध्वस्त भएको दाबी गरेका छन्। यद्यपी उनले इरानको आणविक कार्यक्रम पूर्णरुपमा समाप्त भइसकेको उल्लेख गरेका छैनन् । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.